back
CTIZAN AD

एनआरएनए माल्टाको अध्यक्षमा भुवन अर्याल विजयी

वि.सं.२०७८ साउन १९ मंगलवार

597 

shares

३ अगस्त, माल्टा । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको अध्यक्षमा भुवन अर्याल विजयी भएका छन् ।

जुलाई ३१ मा सम्पन्न निर्वाचनमा अर्यालले ३३८ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी रेम्स खनालले ३०१ मत प्राप्त गरेर पराजित भएका हुन् ।

त्यस्तै समितिको उपाध्यक्षमा नबिन गिरी, नरेश खनाल, कृष्ण बहादुर पुन, महिला उपाध्यक्षमा सबिता भण्डारी, युवा उपाध्यक्षमा रोहित गौतम, महासचिवमा रोशन गिरी, सचिवमा कुलचन्द्र गौतम र रामु भण्डारी, कोषाध्यक्षमा मनोज उपाध्याय, सहकोषाध्यक्षमा बिजय परियार, (निर्विरोध निर्वाचित) युवा संयोजकमा रोशन आचार्य तथा महिला संयोजकमा बबिता अधिकारी, निर्वाचित भएका छन् । साथै समितिको सदस्यहरुमा ओमलाल पाण्डे, ईशु थापा, जनक श्रेष्ठ, बिकेश घिमिरे, सुनिल रानामगर र रञ्जित गिरी निर्वाचित भएका छन् ।

त्यसैगरी संघको आइसीसी सदस्यमा राजु अर्याल विजयी भएका छन् । आइसीसी सदस्यका लागि अर्याल र प्रकाश भण्डारीवीच भएको प्रतिश्प्रर्धामा ३४६ मत ल्याएर अर्याल विजयी भएका थिए भने भण्डारीले ३०८ मत प्राप्त गरेका थिए ।

वि.सं.२०७८ साउन १९ मंगलवार १३:२० मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...