साउन २१, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफुँलाई मुख्यमन्त्री शंकर पोखरलको निवासमा बन्दी बनाएर जबरजस्ती एमालेमा रहेको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको बताएकी छिन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले साउन १६ देखि २० गतेसम्म (४ दिनसम्म) मन्त्री निवासमै बन्धक बनाइएको बताइन् । उनलाई बाहिर निस्कन दिइएको थिएन ।
२० गते बिहान आफुँ मन्त्री क्वाटरबाट भाग्न सफल भएको उनको भनाई छ । उनले राजनीतिमा यस्तो घटना पनि होला भनेर आफुँले नसोंचेको बताएकी छिन् ।


सम्बन्धित समाचार
माओवादीको सम्पर्कमा आइन् विमला वली, मुख्यमन्त्री पोखरेलले बन्धक बनाएको आरोप
वि.सं.२०७८ साउन २१ बिहीवार १३:५७ मा प्रकाशित






























