२६ साउन, काठमाडौँ । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
संस्थाले मंगलबार एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थीको हकमा एस.ई.ई. मा जि.पि.ए. २ ल्याई पास गरेको हुनु पर्ने छ भने सहायक प्रशिक्षार्थीको हकमा भने १२ कक्षा वा सो सरह उत्तिर्ण गरेको हुनु पर्ने सुचनामा उल्लेख छ ।
संस्थाले प्रदेश नम्बर १का लागि कर्मचारी आवश्यक रहेको उल्लेख गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले आवश्यक कागजात सहित विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको केन्द्रिय कार्यलय, कटारी मोरङ्गमा आवेदन दिनुपर्नेछ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १६:२३ मा प्रकाशित





























