२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २१७ पिसीआर र ५ हजार ९०६ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १९ हजार १२३ नमुना परीक्षणमा ४ हजार ९०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
सोमवारको तुलनामा मंगलवार संक्रमित हुनेको संख्या १२५३ ले बढी हो । साथै कोरोनाको नमुना परीक्षण गराउनेको संख्या पनि वृद्दि भएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २११५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ ।
त्यस्तै आज देशैभरी थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।
हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३३ हजार ९०८ जना होम आइसोलेशनमा र ३ हजार ३४७ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७६१ जना र भेन्टिलेटरमा १७६ जनाको उपचार भइरहेको छ ।
त्यस्तै मंगलवार देशैभरी १ लाख ३२ हजार २२१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४० लाख ६७ हजार ३४२ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ९१ हजार ९१० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार ६५१ जना संक्रमित, २२ को मृत्यु
वि.सं.२०७८ साउन २६ मंगलवार १७:१४ मा प्रकाशित






























