back
CTIZAN AD

दश टुक्का

वि.सं.२०७८ साउन ३० शनिवार

993 

shares


खै मैले के भनौँ र ? कुन बाटो गएछु
आफ्नै धड्कनले बिर्सेको मुटु भएछु ।

तिमी किन गल्ती गथ्र्यौ गरिबलाई रोज्ने
मन चोरेर फरार भयौ कहाँ हो खोज्ने ?

राँके भोकमा नपाएको भात भयौ तिमी
मृत बिरालो काखी च्यापी उक्लिएझैँ ठिमी ।

भनेकी हौ उ बेलामा यस्ता कुरा जान्दिनँ
जति नै प्रयास गर व्यर्थै मैले मान्दिनँ ।

पिआर देखी तिमीले शत्रुसँग साइनो जोड्यौ
मुटु भई रगतसँगको पवित्र नाता तोड्यौ ।

माछा पानी जस्तै हाम्रो चोखो जिन्दगी थियो
तिमी बत्ती म तेल बनी बलेको थ्यो दियो ।

चाँदीसरिका हिमाल अनि आकाशको विशालता
समुद्रको गहिराइ खोजिनँ र मैले तिमी कता ?

मुनामदन बन्ने वाचा खाएको दिन सम्झन्छु
आँधीबेहरी चल्छ मनमा तापनि म सहन्छु ।

तिम्रै मनको पिँजडामा जन्मकैद गर सानु
कसम छुट्ने छैन कैल्यै मुटु छोडी कहाँ जानूँ ?
१०
सुनका लागि हीरा गुमाउने मदन म होइन
प्रेमभन्दा महँगो केही छैन तिमी बुझ्दिनौ किन ?

वि.सं.२०७८ साउन ३० शनिवार ०६:५३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...