साँझको यस्तै चार बजे हुँदो हो हावाहुरी मेघ गर्जनसहित पानीको बर्षात हुन आकाश पूरै कालो भएर गड्याङ्ग गुडुङ्ग गरिरहेकोले मैले बाख्राको एक हुल बथान लिएर नर्सरीबाट बाटो काट्दै थिए । त्यहीबेला एउटा ठूलो ट्रक आउँदै थियो । त्यसबखत आकाश जोडले चम्किएको कारण डरले हो या ट्रकको हर्नले बाख्राहरु आत्तिएर ब्या ब्या र म्या म्या गर्दै बाटो काट्न अलमलिरहेको थिए । त्यहिबेला सानो पाठीलाई समातेर बाटो कटाउने क्रममा ट्रकबाट एउटा सुन्दर केटा, सायद म भन्दा तीन चार बर्ष जेठो थियो उ ओर्लेर बाख्रालाई सडक पार लगाउन मलाई मद्दत गर्न थाल्यो । तर म भने उस्को सम्मुखमा खडा भएर उसैलाई हेरीरहन पो पुगेछु उस्ले ‘ओ बहिनी बाख्रा पार भईसक्यो अब तिमी बाटो छोड्छौ की ?’ भन्ने आवाजले लाज पचाएर सतासी खोलाको बगर ओरालो लागे । उ पनि ट्रकमा चढेर हुईकियो । पर पुगिसकेको उसलाई फर्किएर हेरे उसैसँग दोस्रो नजर जुध्यो । ट्रकले बसाई सरेको समान बोकेको जस्तो देखिन्थ्यो ।
बद्लिदो मौसमको साँझ हातमा पाठी बोकेर म घर आईपुग्दा त्यो ट्रक त मेरै घर छेउमा बसाई सरेकाहरुको समान बोकेर आएको रहेछ । म त छक्क परे तेस्रोपल्ट फेरि हाम्रो आँखा जुध्यो । तर, त्यहाँ आँखा जुधाईरहने स्थिति भएन वाधक बन्यो मौसम । चार पाँच दिनमा आउने कुरा थियो तर आजै आएका रहेछन् उनीहरु ।
त्यो घरमा मसंग मिल्ने एउटी साथी थिइ प्रतिमा । उनीहरु भने बसाई सरेर मोरङ्गको धुलाबारी गएका थिए । गाउँको प्राय सबै मान्छे भेला भईसकेको थिए । नयाँ गाउँमा नयाँ मान्छेको आगमनको स्वागतका लागि । बाटोमा एउटा बिरालो मात्र मर्यो भने त मान्छेहरु जम्मा हुने ठाउँमा स्वागतका लागि त के भनौ रमिता हेर्न आएका थिए होला । तर, सहयोग बनेर आएछन् । पानी बर्सिन लागेको बेला हात बाधेर रमिता हेर्ने कुरा पनि भएन । बर्षात् हुन लागेका कारण सबै सरसमान ओसार्नमा तल्लिन भएको देखिन्थ्यो । मेरो ठूलो दाजु पनि सकि नसकी ‘अई–अई’ गर्दै दराज झार्दै हुनुहुन्थ्यो ट्रकबाट ।
बाख्रा खोरमा हुल्नासाथ पानी बर्षीन सुरु भयो । सम्झे त्यहाँ के भयो होला भनेर ! तर जन्ती जत्तिकै भेला भएको गाउँलेहरुले सिन्को पनि बाँकी राखेनछन् । कोही त्यहि घरमा ओत लिएर बसे भने कोही दौडीदै पनि थिए ।
‘सामन कत्ती धेरै, धन्न सबै भेला भएर भित्रसम्म हुल्न भ्यायौ’ भन्दै दाजु भिजेको टाउँको टकटकाउँदै हुनुहुन्थ्यो । ‘कस्तो सप्रेको काक्रा जस्तो छोरा–छोरी कामीको जातमा पनि । हाम्रै पो ओइलाएको मुला जस्तो भन्दै पल्लो घरे बस्नेत मामाको जोइपोई कुरा गरेको यो कानले झट्ट सुने ।
मलाई छक्क बनायो मामाको कुराले के कामी जातमा चाही सप्रिनै नहुने हो र, मान्छे आरिसे हुन्छ भनेको जातले जनाउँदो रहेछ । जे होस् मलाई भने त्यो केटा मनपर्यो उस्लाई के भयो कुन्नी !
भोलिपल्ट ठूलो दाजु फेरि त्यही घरमा जानु भयो । नयाँ केटासँग दाजु दोस्तीमा परिणत भईसक्नु भएको रहेछ । केही दिनपछी त उ हाम्रो गोठालो समुहमा मिसिन आई पुग्यो त्यसपछी म पनि उस्को साथी हुनथाले उरुको झै । तर, मनले मानेकै थिएन उस्लाई साथी बनाउन । मित्रता भन्दा पनि नजिक गएर प्रेमी–प्रेमिकाको सम्बन्ध बनाउन मन चाहान्थ्यो ।
गोठालो गर्दै जाँदा हामीबीचको प्रेम बढेर जान थाल्यो । म नि छ क्लासबाट सातमा पुगे उ नौबाट दशमा पुग्यो । तर, हाम्रो स्कुल भने फरक थियो । मैले निमावि सकेको थिईन, उस्ले बसाई सरेर आएदेखी नै माविमा प्रवेश गरेको थियो तर गाउँमा भने हामीसंगै हिड्ने डुल्ने संगै घुम्ने र संगै गोठालोमा हुन्थ्यौ । कहिलेकाँही सबैको आँखा छलेर टाढा–टाढा घुम्न पनि जान्थ्यौ । कहिले झिलझिलेको सिनेमा हल त कहिले दमक अनि कहिले बिर्तामोडसम्म पुग्थ्यौ फिल्म हेर्न ।
यसैगरी दिन बित्दै थियो । उस्ले मा.वी. उत्रीण गरेर दमकको बहुमुखी क्याम्पस पढ्न थाल्यो । कहिले उतै फुपुकोमा बस्थ्यो त कहिले बसमा जान्थ्यो भने कहिले साईकलबाट । जति हाम्रो भेट पातलिँदै जान्थ्यो प्रेम भने त्यति नै झन नजिक भएको महशुस हुन्थ्यो । उस्ले हरेक चिठीमा नयाँ–नयाँ फोटो लगाएर पठाउँथ्यो ताकी मेरो साथमा उ भएको महशुस मलाई होस् भनेर र मलाई पनि त्यस्तै लाग्थ्यो उ मेरै साथमा छ । उ कामी जातमा पथ्र्यो । म बाहुन जातकी गुरागार्इँ । समाजले हाम्रो प्रेम पटक्कै स्विर्कादैनथ्यो । हामी पनि आफ्नो प्रेम खुल्ला रुपमा देखाउन सक्दैन थियौ । तर केही मेरो साथीभाईले भने शंकाको भावमा जिस्काउथे । तर हामी खिस्स हासेर टारिदिन्थ्यौ र भन्थ्यौ पनि ‘असल मित्रताको सम्बन्ध मात्र हो ।’
जती बैचनी बढ्थ्यो मनको बाँध उक्लिएर नाग्नै नसक्ने गरी डिल बन्यो । सोचे म अब विजयको खोजीमा निस्किनेछु । त्यसपछी मनको बाँधलाई नाँघेर उस्को घर पुगे । अझै उ आएको थिएन र उस्कै बुवा पनि । घरमा आमा मात्र हुनुहुन्थ्यो विजय नआउनुको कारण सोधे । बल्ल रहस्यको खोज र मनको हुटीहुटी हटेर गयो । म त षड्यन्त्रको रहस्यभित्र थुनिएकी रहेछु, मलाई थाहै नभएको यत्तीका दिनसम्म पनि ।
बाला चतुर्दशीको दिन थियो । यस्तै आठ–नौ जना साथीभाई जम्मा भएर सतासी धाममा मेला भर्न जाने तय गर्यौ । मन्दिर परिसर घुमेर चिनो साटासाट गर्ने भनेर कसैले माला त कसैले औंठी, कसैले हातमा लगाउने बाला किने । तर, मैले र विजयले भने औंठी किनेर साटा–साट गर्यौ । यो देखेर कुमारीले भनिन् ‘औंठी साट्नु भनेको दोस्ती छुट्नु हो भन्छन् ।’ तर म विजयलाई विस्वास गर्थे त्यसैले हामी दुईको चोखोमाया कहिले नछुटोस् भनी अघिल्लो साल माघे संक्रान्तीको दिन माई खोलालाई साक्षी राखेर कसम पनि खाएका थियौ ।
हामी बिचको सम्बन्ध गाढा हुदै गयो । बाख्रा चराउने दिन पनि बिस्तारै सकिदै गयो । बर्खा सकिएसँगै भदौ, असोज, कात्तिक, मंसिर यसरी नै सकिदैै गए । यसरी नै म पनि नौ क्लाशमा पुगे । उस्ले आईकम पूरा गर्यो । विजय भन्थ्यो ‘अब म नि केही जब गर्छु । हामी बिहे गरेर बिर्तामोडमा बस्नुपर्छ ।’ हामी यस्तै मिठो–मिठो सपनाहरु बुन्दै गयौ । दिनहरु बित्दै गए हाम्रोे प्रेम अति सुमधुर गतिमा बही रह्यो । जस्तै की रङ्गिन टिष्टा झै ।
उस्ले पठाएँको एउटा चिठीबाट सुरुभएको हाम्रो प्रेम झाँगिदै झाँगिदै मेरो घरसम्म आईपुगेको मलाई पत्तै भएन । ‘ए सानी यो के हो ?’ भन्दै बाबाले हातमा विजयले पठाएको चिठी देखाउदै भन्नु हुँदा पो म त छाँगाबाट खसे झै भए । हातखुट्टा सबै लुलो भएर गले झै लाग्यो म थचक्क भुईमा बसे । मेरो तमासा हेर्ने आमा, दुई दाजु र भाई अनि हजुरआमा हुनुहुन्थ्यो । सबैको माझ रहेर पनि एक्लो महशुस गरे ।
छानामा च्यापेर राखेको चिठी सानो भाईले भेटाएर बाबालाई दिएछ । ठूलो विजय ठूलो दाजुको पनि साथी थियो । त्यसैले बाबाले दाह्रा किटेर दाजुतिर फर्केर भन्नु भयो –‘के हो यो सागर तेरो साथी हैन त्यो विजय ? खुब साथी भनेर जोर बाधेर हिड्थिस् हैन के त्यस्को नतिजा यही हो !’ भन्दै दाजुको मुखमा चिठी फ्याकी दिनु भयो र माथि बुईगलमा उत्रिनु भयो । अन्य सबै आ–आफ्नो ठाउँमा गए । म पनि कोठामा आएर झोक्राउदै थिएँ, फेरि बाबा त्यहि आएर नरम हुँदै भन्नु भयो– ‘हेर छोरी सानी, उनीहरु भनेको हाम्रो जात भन्दा फरक जातका हुन्, हाम्रो कुलखान्दानमा उनीहरुको खान्दान मिल्दैन । यो कुरा जान्दा जान्दै पनि किन यस्तो गल्ती गर्छौ ? हामी बिचको जात आकास–पतालको फरक छ हाम्रो बिहेवारी उनीहरुसँग चल्दैन । छोरी मति नबिगार, हाम्रो सन्तानमा एउटी तिमी मात्र हाम्रो चेली हौ । हेर, त काका अनिबडाबाका पनिे तिमी नै छोरी हौं । तिमीलाई सबैले प्राण भन्दा बढी माया गर्छन् । त्यसको बद्लामा हाम्रो इज्जत नफाल नानी उस्लाई भुलीदेउ तिमीले अझै धेरै पढ्नु छ अनि प्रगति गर्नुछ । माईतीको इज्जत राख्नुपर्छ, उसंग अब भेट्नु हुन्न भेटे पनि यस्तो सम्बन्ध नराख्नु नानी ।’ यसो भनेर बाबा जानु भयो । मेरो निद छुट्यो बिहानीको आशामा झोक्राएर बसिरहेँ ।
भाले बास्यो । सम्झे उज्यालो भइसकेछ । अनि झिसमिसमा दौडीएर विजयको घरमा गए । घर चकमन्न सुनसान थियो । कुकुरले पनि मेरो छायाबाट चिनेछ क्यारे पुच्छर मात्र हल्लायो । कुकुरलाई सुमसुमाएर म बिस्तारै विजयको कोठामा गए । उस्को बहिनी पनि पल्लो खाटमा सुतेकी रहेछिन् । दुबैजना मलाई देखेर आत्तिदै सोध्न थाले बिहाँनै आउनुको कारण । एकछिन चुप भयौ । भाले बासिरहेको थियो । हामी भने मौनतामा डुब्यौ । विजयले झकझकाउदै बहिनीतिर हेर्दै सोध्यो– ‘केही हुन्न प्रिया बोल न के भयो र आयौ यतिचाडै हेर त अहिले तीन मात्र बज्दै छ ।’ मलाई बोल्ने शाहस मिल्यो र म बेलीबिस्तार लगाउन थाले, बेलुकीको सबै घटनाहरु । उनीहरु छक्क परे । हुन त विजय र मेरो प्रेम सम्बन्ध उस्को घरमा सबैलाई थाहा थियो । कुनै नौलो कुरा भएन तर मेरो घरमा यो कुराले ब्रजपात परेको छ भन्ने कुरा थाहा हुँदाहुदै पनि म उस्लाई यही बेला भागेर जाउँ भन्न गएको थिएँँ । तर, उस्ले मेरो प्रस्ताव मानेन । ‘अहीले हतार गर्नुहुन्न तिमी सानै छौ । एसएलसी सकेपछी बिहे गरौ केही महिना त हो ।’ भनेर उस्ले मलाई आगनसम्म छोडेर गयो । म कुकुरले पुच्छर लुकाए झै लुरुलुर घरभित्र छिरे ।
केही दिनपछी मनमा एक प्रकारको हुटहुटी चल्यो । म विजयसँग नभेटी रहनै सकिनँ । उस्लाई भेट्ने इच्छा राखेर उस्को बहिनीलाई खबर पठाए । भोलीपल्ट म बाख्रा लिएर नर्सरी गए । उ पनि आयो, हाम्रो जम्काभेट भयो । केही कुराकानी गर्यौ । तर, यो कुरा भाईले घरमा पुराईसकेछ । फेरि उही त हो रातो–रातो गोलभेडा झै आँखा बनाएर बाबाले मेरो गालामा एक झापड हान्दा म निक्कै रन्थनिए । त्यो पीडा सहन नसकेर म थुचुक्क खाटमा बसे । बाबाले फेरि चोरऔंला तेर्साउँदै भन्नु भयो– ‘प्रेमको सम्बन्ध नराख भनेको बुझेनौ हैन, हातखुट्टा बाधेर राख्छु बुझिस् ।’ भन्दै ढोका बेस्सरी बजारेर जानु भयो । ‘अब यस्को बिहे नगरी भएन ।’ अझै रिस सकिएको थिएन बाबाको । मेरो बिहे गरिदिने भन्दै जोडजोडले पाईला बजारेको आवाज भर्याङ्गबाट आईरहेको थियो । त्यसदिन मैले भात पनि खाईन । मलाई घरमा बन्दी बनाइएको अनि मेरा लागि चौकीदार पनि तयार थिए ।
एकदिन कार्की मामाको घरमा सत्यनारायणको पूजा भएकोले सबै प्रसाद खान आउनु भन्ने निम्तो स्विकार्दै हामी प्रसाद ग्रहण गर्न गयौं । त्यही बेला कार्की मामाको छोरी, मेरी साथी रिस्माको साथ लागेर म पछाडीको ढोकाबाट छिरेर मकैबारी हुँदै उस्को घरमा पुगे । विजय गाई दुहँदै थियो ।
मलाई देखेपछी उ खुसी हुँदै गाई दुहुन पनि छाड्यो । एकछिन कुरा गरेपछि मैले भने–‘अब म तिमी बिना बाँच्न सक्दिनँ यदी तिमीबाट छुटीएर बस्नुपर्छ भने मरिदिन्छ सबैलाई ढुक्क हुने छ । हामी भागेर जाउँ विजय, यहाँ नबसौ । हाम्रो प्रेम कसैले स्वीकार्ने छैन । अब त एसएलसी पनि सकियो जे होला होला हामी भोली नै भागेर जाऔं ।’ मेरो कुरा सक्न नपाउँदै उस्ले भन्यो–धैर्य गर प्रिया, हामीसंग प्रसस्त समय छ आतिनु हुन्न । बाबा आमा हो, केही दिनपछी सबै ठिक हुन्छ र हाम्रो प्रेम एकदिन समाजले स्वीकार्ने छ । त्यो बेला हामी पनि लायकको हुन्छौ । तिमीले पढ्नु छ मैले पनि त बिकम् सक्नु छ, त्यसपछी हामी बिहे गरौला । एक सालको कुरा न हो, यदी समाज र घरकोले मानेनन भने पनि भागेर सिक्किमतिर जाउँला । मेरो पढाई सकेपछी त जसरी नि पाल्न सक्छु तिमीलाई । उता ठूली फुपु हुनुहुन्छ जाँगिर मिल्ने छ । बरु हामी केही महिना नभेटौ न । घरको वातावण पनि शान्त हुन देउ त्यसपछी सबैलाई लाग्नेछ हामी छुटीसक्यौ ।’ उस्ले मलाई यसरी थमथमायो की, छ सात बर्षको दूधे बालकलाई सुमसुमाएर सुताए झै । मैले पनि सोचे ठिकै छ आखिरमा जीवन बिताउने हामीले हो केहीदिन चुप भएर बस्दा के बिग्रेला र ? म पनी सानीआमाको घर सुरुङ्गामा बसेर क्याम्पस पढ्न थाले ।
हाम्रो चिठी आउजाउँ हुदै थियो । तर, यहाँको कुरा पनि धेरैदिन टिक्न सकेन घरमा पुगेछ । म घर गए तर त्यहाँ मलाई कसैले केही भन्नु भएन विजयलाई बेलुकीपख भेट्न गए । उ घरमा नै थियो । मैले फेरि जिद्दी गर्नथाले उस्ले अब हुन्छ भन्यो । किन की, उसले बिकम् पनि सकेको थियो । हामीले एक हप्तापछि भागेर सिक्कीम जाने निधो गर्यौ । त्यसपछी म यहि कल्पनामा रमाउन थाले, उसंग बिहे गरेर कसरी उस्लाई खुशी राख्ने ? उस्ले कसरी खुशी राख्छ होला ? उस्को फुपु कस्ती होलिन् ? सिक्किम कस्तो होला ? यस्तै यस्तै । घरमा कसैले मेरो प्रेमको बारे कुरा उठाउनु भएको थिएन । यस्तो लाग्थ्यो यतिबेला मेरो प्रेम र योजनाका बारेमा सबै अन्जान छन् ।
हामी भागेर बिवाह गर्ने दिन पनि आयो । नयाँ जीवनको सुरुवात गर्ने दिन भोली बुधवार राखेको भएर मैले उस्लाई भोलीको दिन याद गर्नु भनी चिठी पठाए साथीमार्फत् । केही छिनपछी उताबाट पनि चिठी आयो उस्को भोली नै गाउँ छोडेर जाने स्थिति छैन भनेर । उस्को हजुरआमा साह्रै बिरामी भएकोले उ भोली दानाबारी जानुपर्ने भयो रे । ‘उताबाट फर्केपछी जाउला नी प्रिया अहिलेलाई मलाई बुझन है ।’ भनेर लेखिएको चिठीले मलाई भावुक मात्र हैन जीवनबाट अनि प्रेमबाट पनि हार्दै छु भन्ने भय लाग्न थाल्यो ।
बिहानै विजयलाई भेट्न गए । उस्ले आफ्नो समान तयार गर्दै थियो हजुरआमाकोमा जान भनि । मलाई एक्कासी देख्दा उ झस्कियो, मानौ म पुलिस अनि उ अपराधी झै । उस्ले आफ्नो रङ्गरुप बद्ल्यो । खै किन हो कुन्नी बुझ्न सकिनँ । तर, निराशाले घेरिएको अनुहारमा हल्का मुस्कान फिर्ता गर्दै भन्यो–‘प्रिया म चाडै आउँछु । सक्छौ भने म नआईन्जेल मलाई कुरेर बस्नु है । मलाई र बाबालाई आज जसरी नि जानु छ उता । हजुरआमाको स्थिती एकदम नाजुक छ रे ! मैले उस्को कुरामा सहमतिको मुन्टो हल्लाए । बिदा हुन खोज्दा निधारमा चुमेर बिदा मागी बाटो लाग्यो विजय ।
प्रेमको अर्थ मैले बुझ्न नपाउँदै कोपिलामा नै चुडीएर भुँइभरी छरिएको त मलाई पत्तै भएनछ । भोलीपल्ट मलाई केटा हेर्न आए फिक्कलबाट । हामी दुईलाई सम्मुखमा राखी हेराहेर भयो । उस्ले मन परायो तर मलाई उ राम्रो लागे पनि उस्लाई मन परेन । किन कि मेरो विजय जत्तिको उ थिदै थिएन । घरको पाहुना बाटो लागेपछी बेलुकीपख बाख्रा लिएर सतासी खोला पुगे । अझै विजय आएको थिएन । म उसैको प्रतिक्षामा केहीदिन बिताए । तर, उ आएन । उस्को प्रतिक्षामा मेरा आँखा सधै उ आउने बाटोमा पुग्थ्यो ।
गाउँमा मेरो बिहेको हल्ला चलिसकेको थियो । बिवाहको मिती दिनदिनै नजीक सर्दै थियो । मनमा हुटहुटी बढ्थ्यो । जती बैचनी बढ्थ्यो मनको बाँध उक्लिएर नाग्नै नसक्ने गरी डिल बन्यो । सोचे म अब विजयको खोजीमा निस्किनेछु । त्यसपछी मनको बाँधलाई नाँघेर उस्को घर पुगे । अझै उ आएको थिएन र उस्कै बुवा पनि । घरमा आमा मात्र हुनुहुन्थ्यो विजय नआउनुको कारण सोधे । बल्ल रहस्यको खोज र मनको हुटीहुटी हटेर गयो । म त षड्यन्त्रको रहस्यभित्र थुनिएकी रहेछु, मलाई थाहै नभएको यत्तीका दिनसम्म पनि ।
उ एक्कासी दौडिएर मलाई पछाडीबाट एकलात हान्यो । म बजारिए, मलाई उठाउनुको साटो फेरि कम्मरमा एकलात हान्यो । पिठ्युँमा बोकेको भारीसँगै म पनि भुँइमा बजारिए । म उठ्न खोजे सकिनँ मेरो खुट्टा मर्किएछ । फेरि उठ्नै खोज्दा गालामा झापड हान्दै भन्यो–त राम्री हैन, खुब राम्री, यति राम्री मान्छे किन दाउँरा बोक्न आईस् नखरा देखाउन आएकी दुनियाँसँग साइड खेल्न ? तलाई कस्ले आउनु भन्यो?’ भन्दै फेरि एकदुई झापड हानेर उ बाटो लाग्यो । साथीको साहारामा जसो–तसो घर त पुगे तर उ बाघ झै गर्जेर फेरि मेरो शरिरमा लात बजार्न थाल्यो । सासुआमाले आएर छुटाउनु त भयो तर उहाँलाई पनि धकलेर एउटा कुनामा पुर्याइदिएपछि उहाँ चुप रहनु भयो । म कोठामा गएर रुन थाले । फेरि उ कोठामौ आएर मलाई त्यहाँबाट निकालेर आफु ढोका थुनेर सुत्यो ।
भित्रभित्रै धमिराले ढिस्का उठाएर हाम्रो कलिलो प्रेमको गुदी कुटुकुटु खाईसकेको रहेछ । म क्रोधमा आएँ तर मनलाई मत्थर बनाउँदै विजयको आमालाई बिन्ती बिसाए । अनुनय बिनय गरेँ विजयलाई घर झिकाउनको लागि । तर, कारण मेरो बुवा र काकाहरुले बाध्य बनाई मेरो बिहे नभएसम्म गाउँमा नआउन तथा यो कुरा नमाने विजयलाई जेल पठाउने धम्कीसमेत दिनुभएको रहेछ । आफ्नो छोरी नावालक भएको र ललाईफकाई बिवाह गर्न खोज्यो भनेर उजुरी दिने र जेलमा कोच्याउँछु पनि भन्नु भएको रहेछ । त्यसैले हजुरआमा बिरामी छ भनेर विजयलाई समेत नभनि उस्को बुवाले उतै राख्ने र मेरो बिहेपछी मात्र घर फर्किने गरी टाढा लैजानु भएकोरहेछ । बिचरा मेरो विजयले यो षड्यन्त्र बारे बुझ्न सकेकै रहेनछ । कति निर्दोष विजय मेरै कारण आज उ आफन्तकोमा लुक्न बाध्य भयो । कठै कति ठूलो षड्यन्त्र हाम्रो प्रेममाथि । के सानो जातमा जन्मिनु विजयको गल्ती हो र ? मेरै बाबा आमाले म माथि यती धेरै छलकपट गर्छन् भन्ने मलाई लागेको थिएन । किन भगवान मलाई बाहुन जातको कोखबाट जन्म दियौ, बिचरा विजयको के गल्ती थियो र उस्लाई यती ठूलो सजाय दियौ ? बरु मलाई नै दिएको भए म सहन्थे । तर अब म सहनुको त कुरै गर्दिन बरु मरिदिन्छु बाहुन जातलाई घृणा गरेर मर्छु ताकी अर्को जन्ममा सानो जातको कोखबाट जन्मन पाउँ ।
जात–जातमा भेदभाव गरी किन एउटा कलिलो प्रेमको मुना पलाउन नपाइ निमोठि दिन्छन् ? किन प्रेमको हत्या गर्छन् के यिनीहरुलाई थाहा छैन यो संसारमा एउटा आईमाई अनि अर्को लोग्ने मान्छे दुई जात मात्रै छन् भनेर ? यदी नभुलेको भए मलाई सम्झाई बुझाई गर्नुपर्ने ठाउँमा किन विजयलाई धम्की दिएर घरबाट टाढा बस्न बाध्य बनाईयो किन ? के आफ्नो कुललाई बचाउने उपाय यही मात्र थियो छिः यो कस्तो निच व्यवहार हो ? ठूलो जातमा जन्मेको मानिसहरुको यति सानो सोच ? किन माईजु किन ? म विजयको आमा बाँलाई मामा माईजु भनेर सम्बोधन गर्थे । मेरो आमालाई बहिनी भनेर सम्बोधन गरेपछि आमाले मामाको साईनो लगाएर बोल्नु भनेपछि म त्यही साईनोमा अडिए ।
आखिरमा मलाई पराईघर सुम्पिएर नै छाडे ।
फिक्कलको केटासंग बिहे भयो मेरो । म गुरागाईँबाट अधिकारी भए । विहे भएको सुरु–सुरुमा त मेरो लोग्नेकोे बानी व्यहोरा ठिकै लाग्थ्यो र मैले असल बुहारीको भूमीका पनि पूरा गर्दै गए । तर, जति समय बित्दै गयो, मप्रतिको उसको व्यवहार परिवर्तन हुन थाल्यो । उसको व्यवहार राक्षस जस्तो थियो । यस्तो व्यवहारका कारण निस्सासिएको मेरो मन एक्लो भएको महसुस हुन्थ्यो । यस्तो बेलामा माइतीमा गएर बस्न पनि मन लागेन । भित्री कुरा जे भएपनि बाहिर देख्ने सबैले ‘फलानाकी छोरीले घर गरेर खान सकिन’ भनेर आमा बुवालाई बचन सुन्नुपथ्र्यो । त्यसैले पनि माइतीमा गएर बस्न उचित लागेन ।
दिनचर्या यसरी नै बित्न थाल्यो । एकदिन म साथीहरुसंग घर नजिककैको जंगलमा दाउरा लिन गएको थिए । दाउराको भारी बोकेर ओरालो लाग्दै थियौ । दुईचार जना गस्ती आएर सबैको भारी हेर्दै मतिर फर्केर ‘यति राम्रो मान्छेको भाग्यमा पनि दाउँरा बोक्नु लेखेको रहेछ हगी ?’ उनीहरुले गरेको यस्तो कुरा मेरो जड्याहा लोग्नेले सुनेको रहेछ छेवैको चोकबाट क्यारामबोर्ड खेल्दै गर्दा । उस्लाई निहुँ चाहिएको थियो । म भारी बोकेर हिँडिरहेको थिए साथीको पछि–पछि । उ एक्कासी दौडिएर मलाई पछाडीबाट एकलात हान्यो । म बजारिए, मलाई उठाउनुको साटो फेरि कम्मरमा एकलात हान्यो । पिठ्युँमा बोकेको भारीसँगै म पनि भुँइमा बजारिए । म उठ्न खोजे सकिनँ मेरो खुट्टा मर्किएछ । फेरि उठ्नै खोज्दा गालामा झापड हान्दै भन्यो–त राम्री हैन, खुब राम्री, यति राम्री मान्छे किन दाउँरा बोक्न आईस् नखरा देखाउन आएकी दुनियाँसँग साइड खेल्न ? तलाई कस्ले आउनु भन्यो?’ भन्दै फेरि एकदुई झापड हानेर उ बाटो लाग्यो । साथीको साहारामा जसो–तसो घर त पुगे तर उ बाघ झै गर्जेर फेरि मेरो शरिरमा लात बजार्न थाल्यो । सासुआमाले आएर छुटाउनु त भयो तर उहाँलाई पनि धकलेर एउटा कुनामा पुर्याइदिएपछि उहाँ चुप रहनु भयो । म कोठामा गएर रुन थाले । फेरि उ कोठामौ आएर मलाई त्यहाँबाट निकालेर आफु ढोका थुनेर सुत्यो ।
उसले गरेको यस्तो व्यवहार सासु ससुराले सहन सकेनन् र मलाई आमाजु दिदीको साथ लगाएर माईती पठाउनु भयो ।
केही दिनपछि शरिरले आराम पायो । साथीको घरमा गएर आफ्नो सारा वृत्तान्त पोखे । त्यो बेला विजय गाउँमा थिएन । इटहरीको नेपाल बैंकमा काम गर्न सुरु गरिसकेको थियो उसले । कहिलेकाँही घर आए पनि प्रायजसो उतै बस्ने गथ्र्यो तर उस्को बिहे भने अझैसम्म भएको थिएन । साथी पनि मसंगै आई र आमालाई मेरो बारेमा भनि । शरिरको चोट र टाउकोमा लागेको खत देखाएपछि बाबा आमालाई विश्वास भयो विवेकको घटिया व्यवहार । बितेको कुरामा काकासँग मुरमुरिएर केही हुन्नथ्यो । जे नहुनु थियो त्यो त भएर गयो । काकाको पनि के दोष, उहाँको ससुरालीले राम्रो केटा हो भनेपछी ।
उस्को बिहे गरिदिएमा उ सुध्रन्छ भन्ने लागेको रहेछ विजयका परिवारलाई । तर, ओरालो लागिसकेको मृग कहाँ फर्केर आउँछ र भनेजस्तै नराम्रो कुलतमा फसेको मान्छेलाई सहज जीवनमा फर्काउन धेरै गाह्रो हुन्छ । विजय दिनभरी क्यारामबोट खेल्थ्यो, जाडरक्सी चुरोट खान्थ्यो, चौतारीमा बसेर केटीहरुलाई जिस्काउथ्यो अनि घरमा जे छ त्यही बेचेर फजुल खर्च गथ्र्यो । उसले मेरो पनि औंठी बेचेर खाइसकेको थियो । तर मैले यसमा कुनै आपत्ति जनाउन सकेको थिइन । यस्ता कुरा गर्नासाथ उ म माथि जाइ लाग्थ्यो ।
भाउजुको यो कुराले आँखाभरी आँसु आयो । यहि कुरा पहिले भनिदिएको भए अनि हाम्रो प्रेम स्वीकारिदिएको भए मैले यतिधेरै दुःख पाउने थिइन । विजय र म टाढा हुने थिएनौं । तर ढिलै भएपनि घरका सबैको मनमा गल्ति महसुस भएछ भन्ने लाग्यो अनि मन खुसी भयो । विजयसँग विताएका ती विगतका पलहरु एकाएक स्मरणमा आउन थाले । मन खुसीले रमाउन थाल्यो यहि भन्दै– जीवनका केही घुम्तीहरु विजय विना दुःखका साथ पारे गरेपनि अब हरेक पल विजय मेरो साथमा हुनेछ ।
म एक्कासी विरामी हुन थालेपछि भाउजुसँग विर्तामोड चेकअप गर्न गए । म त आमा बन्दै रहेछु । बाध्यताले मलाई त्यही घरमा पुनः पुर्यायो । म पुग्नुमा उ खुशी थिएन । उ भन्थ्यो–कुन नाठोको पेट बोकेर मलाई फसाउन आईस् ?’ पेटमा आफ्नो सन्तान हुर्किरहेकाले म केही नबोली चुप बस्थे ।
केही महिनापछि छोरीको आमा भए । सुत्केरीको आलो खुन सुक्न नपाउँदै उस्ले आफ्नो राक्षसीपन देखाएर आफ्नो शारिरिक भोक मेटाउन समेत पछि परेन । दुःख मलाई भएको थियो, पीडा मलाई नै भयो उस्ले के बुझ्थ्यो र उस्लाई त बस् आफ्नो यौन प्यास मेटाउनु थियो मेटाउथ्यो जान्थ्यो । घरकाले मेरो पीडा बुझे पनि जसको माया र साथ चाहिएको थियो उसले कहिल्यै बुझेन ।
छोरी दिनदिनै ठुली हुदै गइन् । तर, उ खुसी थिएन । उल्टै गाउँभरी घरमा लक्ष्मी होइन, शैतान आएको छ भन्दै हिड्थ्यो ।
म यी सबै सहन बाध्य थिए । मेरो सामु पहाड खसे पनि सहिदिन्थे । किनकी मेरो सन्तानले मलाई पहिलोपटक ‘आमा’ भनेर सम्वोधन गरेको थियो । एउटी आमाको लागि आफ्नो सन्तानले ‘आमा’ भन्यो भने सबै भन्दा ठुलो खुशी त्यही हुन्छ । विवेकले मलाई स्वास्नीको रुपमा नस्वीकारे पनि बच्चाले आमा भनेर स्विकारको थियो मलाई त्यहि नै ठूलो लागेको थियो । म त्यसमै खुसी छ थिए ।
एकदिन विवेक मुडामा बसेर चिया पिउदै थियो । छोरी टुक–ुटुकु हिँडेर बाबालाई छुन पुग्यो । त्यति भए विवेकलाई निहु पुग्यो, उसले छोरीले छोयो भनेर रिसले मुरमुर्रिदै हातमा भएको चिया छोरीको अनुहार भरि फ्याकिदियो । छोरी चिच्याउदै भुईमा लड्दा मात्र थाहाँ पाए उ आत्तिदै कहालिदै छट्पटिइरहेकी थिई । हतार–हतार ससुरा बुवाले उसलाई भुँइबाट उठाएर काखमा राख्दै नजिकै रहेको घ्यूकुमारी भाँचेर दलिदिनु भयो । धन्न चिया चिसो भैसकेकोले छोरीलाई आफ्नै क्रुर बुवाका कारण कुरुप हुनु परेन ।
आजसम्म विवेकले छोरी कस्ती छ भनेर उस्को अनुहार हेरेको छैन । न त मेरो नजिक नै पथ्र्यो । उ केवल आफ्नो शरिरको भोक मेटाउन मात्रै मसँग नजिक हुन्थ्यो ।
एकदिन फेरि छोरीले बाबाको हात समात्न पुग्यो, त्यसदिन पनि उसले राक्षसी पारा देखाउदै मकैको थुप्रोमाथि छोरीलाई फ्याकेर हिड्यो । कठै छोरीको के दोष थियो र के उस्ले आफ्नो बाबालाई अंगाल्नु गल्ती थियो र ? कहाँ भुल भयो यति ठूलो र विवेकले हामीमाथि यस्तो अन्याय गर्दै छ भन्ने पीडा हुन्थ्यो ।
विवेकको यस्तो अन्याय सहेर बस्न अब सकिँदैन भनेर म आफ्नो लत्ताकपडा बोकेर छोरीलाई काखमा च्यापी आँगनमा निस्किए । सासुआमा र नन्दले रोक्ने प्रयास गर्नुभयो तर, ससुराले भने, ‘जाउँ बुहारी जाउँ नत्र एकदिन यो पापीले मार्ने छ तिमीहरुलाई’ भन्दै बाटो खर्च दिनुभयो । त्यसपछी बिदा मागेर बाटो लागे । बेलुकी पखँ माइती घर पगे । केही क्षणको लागि भए पनि शान्तिको सास फेरेको महसुस भयो ।
समाजमा ठूला जात भनिनेहरुको रुढीवादी संस्कारले मेरो परिवारमा पनि जरा गाडेकाले त्यसलाई विस्तारै उखेल्दै जानुपर्छ भन्ने उसको मान्यता थियो । त्यसलाई सामान्य रुपमा लियो विजयले अनि विस्तारै समाज परिवर्तन हुनेछ र कोही ठूलो अनि सानो जात भन्ने मानिस मानिसको भेदभाव हट्नेछ भन्ने उसमा विश्वास थियो ।विजयको समाज र परिवारप्रतिको सकारात्मक व्यवहारले बिस्तारै समाजले पनि हाम्रो सम्बन्ध स्विकार्न थाल्यो । मेरो माईती घरमा आवत–जावत हुनथाल्यो । समाजमा पनि घुलमिल हुन थाल्यौ । आखिरमा जात अनुसारको मान्छे हुन्छ भन्थे त्यो सत्य रहेनछ । सानो जातको सानो चित्त हुन्छ भन्थे तर त्यो गलत रहेछ । बरु उनीहरुको दिल ठूलो हुँदोरहेछ जस्तै की विजयको आमा बाबाको मन ! उनीहरुले आफ्नो सन्तानको खुशीको लागि एउटी बच्चाको आमालाई हाँसी खुसी स्विकारेको छन् ।
माइतीमा बस्न थालेको पनि धेरै भइसकेको थियो । समयसँगै छोरी पनि ठुली हुदै गई । विजय पनि आजकल हप्ता पन्ध्रमा आफ्नो घर आउँन थालेको थियो । आएको बेला मेरी फुलुलाई बिस्कुट मिठाई अनि मलाई पनि आवस्यक समानहरु ल्याइदिन्थ्यो ।
उही हाम्रो पुरानो दिनचर्या सुरु हुनथाल्यो । उ मेरै खातिर हप्तामा घर आउने गथ्र्यो भन्दा पनि फुलुको लागि । मेरो छोरी फूलजस्तै नाजुक कोमल छ भनेर उस्को कान्छा मामाले फुलुभन्दा भन्दै सबैको फुलु भईसकेकी थिई ।
एकदिन विजयले आफू यति समयमा आइपुग्ने भन्दै मलाई झिलझिले बजारमा बोलाएको थियो । उसले दिएको समयमा म झिलझिले बजारको मगर होटलमा पुगेर उसलाई कुरिरहेको थिए । एकछिन पछी उ आयो र हामी त्यही मःमः खान थाल्यौं । उस्ले फुलुलाई काखमा राखी जुलेफी खुवाउँदै थियो । पल्लो साइडको किराना पसलबाट कान्छी काकीले देख्नुभयो तर केही भन्नु भएन । म निक्कै डराए । तर, यो कुरा विजयलाई भनिन् । विजयले फुलुलाई फराक मेडी किनीदिएको पनि काकीले हेरिरहनु भएको रहेछ । काकी र मेरो नजर जुध्यो म अलिक छलिए ।
म र विजय त्यहाबाट छुटीएर अलग बाटो हुँदै घर पुग्यौं । म पुग्दा काकी घरमा नै हुनुहुन्थ्यो डर लाग्यो काकीले आमालाई केही भन्नु भयो कि भनेर । तर वातावरण शान्त भएकाले म म निर्धक्क भए र भान्सामा खाना बनाउन थाले । त्यसरी नै धेरैदिन बित्यो । घरमा सबैलाई थाहा हुन थालेको थियो म र विजयका बारेमा । तर, सबै पत्तो नपाएझै गर्थे ।
त्यसरी नै विजयसंगै भेट्ने क्रममा एकदिन कान्छा भाई र भाउजुले पनि त्यहि होटलमा देख्नुभयो । तर, केही भन्नु भएन । उल्टो भाउजुले ठट्टा गर्दै भन्नुभयो–‘विजयबाबु हामीलाई चाहीँ खाजा नास्ता छैन ?’त्यसपछी त मलाई के चाहीँयो र झन म ढुक्क हुँदै गए ।
एकदिन फेरि भान्सामा खाना खादै थियौं । घरका सबै टिभी हेरीरहनु भएको थियो । म, भाइ र भाउजु सँगै थियौं । भाउजुले भन्नुभयो– अब धेरै दिन लुकाएर नराख्नुस् तपाईको प्रेम खुलस्त बनाई दिनुहोस्, यो समाजमा हामी साथमा छौ । अरुले जे भनोस् अब फुलुलाई बाबुको आवस्यक छ र तपाईलाई पतिको । अब बाँकी ती पुरानो दिन भुलेर जानुस् । घरमा पनि सबैलाई पुरानो गल्ती महशुस भईसकेको छ । सबैले थाहा नभए झै गर्नुभएको छ । रह्यो समाजको कुरा, भोलीको दिनमा समाजले पनि स्विकार्ने छन् जसरी घरकोले स्विकारेका छन् । भाउजुको यो कुराले आँखाभरी आँसु आयो । यहि कुरा पहिले भनिदिएको भए अनि हाम्रो प्रेम स्वीकारिदिएको भए मैले यतिधेरै दुःख पाउने थिइन । विजय र म टाढा हुने थिएनौं । तर ढिलै भएपनि घरका सबैको मनमा गल्ति महसुस भएछ भन्ने लाग्यो अनि मन खुसी भयो । विजयसँग विताएका ती विगतका पलहरु एकाएक स्मरणमा आउन थाले । मन खुसीले रमाउन थाल्यो यहि भन्दै– जीवनका केही घुम्तीहरु विजय विना दुःखका साथ पारे गरेपनि अब हरेक पल विजय मेरो साथमा हुनेछ ।
विजय र म प्रेमको पखेटा फिजाउँदै इटहरीमा नै बस्ने चाँजोपाँजो मिलाउदै केही हप्तापछी गाउँ छाडेर हिड्यौ । आमा, बाबा, काका, काकी अनी विजयको आमा–बाबा सबैबाट बिदा मागेर साँझको सातबजे सुटुक्क बाटो लाग्यौ समाजलाई आखाँ छलेर । ताकी, भोलीको दिनमा आमा बाबालाई दोष नआओस् बरु सारा दोष म नै सहुला भन्दै ।
विजय मेहनती थियो । सरल थियो अनि इमानदार पनि । मेरो बावुआमाले उसलाई जति सताएको भएपनि पढेलेखेको बौद्धिक व्यक्तिवको छवि बनाइसकेको उसले यी सबै बुझ्थ्यो । समाजमा ठूला जात भनिनेहरुको रुढीवादी संस्कारले मेरो परिवारमा पनि जरा गाडेकाले त्यसलाई विस्तारै उखेल्दै जानुपर्छ भन्ने उसको मान्यता थियो । त्यसलाई सामान्य रुपमा लियो विजयले अनि विस्तारै समाज परिवर्तन हुनेछ र कोही ठूलो अनि सानो जात भन्ने मानिस मानिसको भेदभाव हट्नेछ भन्ने उसमा विश्वास थियो ।
विजयको समाज र परिवारप्रतिको सकारात्मक व्यवहारले बिस्तारै समाजले पनि हाम्रो सम्बन्ध स्विकार्न थाल्यो । मेरो माईती घरमा आवत–जावत हुनथाल्यो । समाजमा पनि घुलमिल हुन थाल्यौ । आखिरमा जात अनुसारको मान्छे हुन्छ भन्थे त्यो सत्य रहेनछ । सानो जातको सानो चित्त हुन्छ भन्थे तर त्यो गलत रहेछ । बरु उनीहरुको दिल ठूलो हुँदोरहेछ जस्तै की विजयको आमा बाबाको मन ! उनीहरुले आफ्नो सन्तानको खुशीको लागि एउटी बच्चाको आमालाई हाँसी खुसी स्विकारेको छन्।
चन्द्रा जोशी ‘सुमन’ लेवनान
वि.सं.२०७८ साउन ३० शनिवार ०७:२१ मा प्रकाशित






























