back
CTIZAN AD

पारसलाई प्रधानमन्त्रीको शुभकामना- ‘जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्’

वि.सं.२०७८ साउन ३० शनिवार

768 

shares

३० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई ‘जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्’ भन्ने शुभकामना दिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटघाटको तस्विरसहित टिव्टरमा सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले पारसलाई ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्’ भन्ने शुभकामना दिएका हुन् ।

उनले पारसबाट नेपाली क्रिकेटले पाएको उपलब्धिको प्रशंसा गरेका छन् । दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जितले नेपालीलाई क्रिकेटमा ठूलो सपना देख्न प्रेरित गरेको भन्दै धन्यवाद पनि दिएका छन् ।
उनले पारसलाई सरकारको साथ र सहयोग सधैँ रहने पनि बताएका छन् ।

प्रधानमन्त्रीले सञ्जालमा भनेका छन् :

“दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा @paras77  लाई धन्यवाद,” देउवाको ट्विटमा भनिएको छ, “नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैँ रहनेछ ।”

पारसले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।बाह्र वर्ष राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरेका उनलाई नेपालको सबैभन्दा सफल कप्तान मानिन्छ।

वि.सं.२०७८ साउन ३० शनिवार १७:२९ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...