back
CTIZAN AD

गण्डकी प्रदेशमा कास्कीका ५ सहित थप १० कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ साउन ३० शनिवार

600 

shares

३० साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शनिवार थप १० जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीका ५, म्याग्दी, वागलुङ,स्याङजा, नवलपरासीपूर्व र गोरखाका १÷१ जना गरी १० जनाको मृत्यु भएको हो ।

शनिवार थपिएका १० जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १८० पुगेको छ ।

त्यस्तै प्रदेशमा शनिवार म्याग्दीमा १, पर्बतमा १, गोरखामा १, लमजुङमा १, तनहुँमा ३५, कास्कीमा १९३, वाग्लुङमा २७, स्याङजामा १५ र नवलपरासीपूर्वमा ४० जना गरी ३१७ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १४८ जना महिला र १६९ जना पुरुष रहेका छन् ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार शनिवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा १९६ जना रहेका छन् ।

शनिवार थपिएका ३१७ जनासँगै प्रदेशमा हालसम्म ७५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६८ हजार २४ जना निको भइसकेका छन् । शनिवार ५०८ जना संक्रमणबाट मुक्त भएका हुन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ६ हजार १०२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४,८८६ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयको विवरणमा उल्लेख छ ।

May be an image of text

गण्डकी प्रदेशमा आज ९ कोरोना संक्रमितको मृत्यु, ४७४ जना संक्रमित

 

वि.सं.२०७८ साउन ३० शनिवार १७:२३ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...