back
CTIZAN AD

दुग्ध उत्पादन बढाउन भैँसीपालक किसानलाई अर्थिक अनुदान सहयोग

वि.सं.२०७८ साउन ३२ सोमवार

642 

shares

३२ साउन, गोरखा । पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन पाँच भैँसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ ।

मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका छनोटमा परेका समूहका ४८ किसानलाई रु १५ लाख ६० हजार अनुदान उपलब्ध गराइएको नगरपालिकाका पशु शाखाका प्रमुख रामप्रसाद देवकोटाले जानकारी दिए ।

“सबै किसानले गोठमा भैँसी ल्याएपछि प्रत्येकलाई खरिदबापत रु ३० हजार तथा ढुवानीबापत रु दुई हजार ५०० अनुदान रकम उपलब्ध गराइएको हो”, उनले भने, “सङ्घीय सरकारको सर्शत् कार्यक्रम भएकाले नगरपालिकाले पनि साझेदारी कार्यक्रमअन्तर्गत दुई प्रतिशत सहुलियत ब्याजदरमा प्रत्येक किसानलाई रु ५० हजार ऋण सहयोग उपलब्ध गराएको छ ।”

नगरपालिका क्षेत्रमा दूधको माग बढी हुने गरेको भए पनि व्यावसायिक रुपमा उत्पादनमा लाग्ने किसान न्यून भएकाले प्रोत्साहनका लागि अनुदान कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

“विशेष गरी नगरपालिकालाई दूधमा आत्मानिर्भर बनाउने कार्यक्रमको लक्ष्य हो”, प्रमुख देवकोटाले भने, “दूधको माग बढी छ, तर व्यावसायिक रुपमा उत्पादनका लागि पशुपालन गर्ने किसानको सङ्ख्या न्यून भएकाले व्यावसायिक दूध उत्पादनमा सहयोग पुर्याउन कार्यक्रम सञ्चालन गरिएको हो ।”

अनुदान उपलब्ध गराउनु अघि शाखाबाट प्रत्येक किसानको घरघरमा पुगेर भैँसी पाल्नका लागि घाँस, गोठको अवस्थाका बारेमा समेत अनुगमन गरिएको उनले जानकारी दिए । अनुदान उपलब्ध गराएका भैँसीपालक समूहबाट दूध उत्पादन सुरु भइसकेको प्रमुख देवकोटाले बताए ।

कार्यक्रमअन्तर्गत वडा नं ४ ठाँटीचौरस्थित ठाँटी चौर भैँसीपालन समूह र वडा नं ५ माँझखोरस्थित श्री लिगलिग पशु कृषि सामुदायिक समितिका गरी २० किसानलाई अनुदान उपलब्ध गराइएको उनले बताए ।

त्यस्तै वडा नं ५ माँझखोरस्थित श्री नौखोर पशुपालक किसान समूह, वडा नं १ को ज्योति चौतारामा रहेको श्री ज्योति दुग्घ संस्थान किसान समूह र वडा नं १० लप्सी चौरस्थित श्री मिलिजुली पशुपालन समूहमा आवद्ध भएका २८ किसानलाई अनुदान रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।

प्रमुख देवकोटाले भैँसी खरिद ढुवानीमा प्रदान गरिएको बाहेक प्रत्येक भैँसीपालक किसान समूहलाई रु पाँच हजारका दरले समूह सञ्चालनका लागि खर्च रकम प्रदान गरिएको बताए । समूहगत रुपमा कार्यक्रम सञ्चालन गरिएकाले सबै समूहले समूह दर्ता गरी नियमित रुपमा सञ्चालन गर्न सहयोग पुगोस् भनेर आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार १२:१७ मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...