back
CTIZAN AD

निक्षेप खातामा महिलाको हिस्सा बढी

वि.सं.२०७८ भदौ ४ शुक्रवार

525 

shares

४, भदौ, काठमाडौं । केन्द्रीय बैंकका अनुसार कूल निक्षेप खातामध्ये महिलाको खाता सङ्ख्या बढी रहेको छ । कूल निक्षेप खाता ६७.७ प्रतिशत खाता सक्रिय छन् । त्यसमा पुरुषको हिस्सा ६५.२ प्रतिशत र महिलाको हिस्सा ७२.३ प्रतिशत रहेको छ । कूल निक्षेप खातामध्ये बचत निक्षेप खाता ९०.६ प्रतिशत रहेको छ । यस्तै, मुद्दती निक्षेप खाताको हिस्सा ३१ प्रतिशत छ । ग्रामीण क्षेत्रका नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको छ । व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्तिको छ ।

केन्द्रीय बैंकका अनुसार २०७७ जेठ मसान्तसम्म तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएका छन् । तीनपुस्ते विवरणका आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तसम्म कम्तीमा एक निक्षेप खाता भएका नेपालीको सङ्ख्या ६०.९ प्रतिशत रहेको अध्ययनमा देखिएको छ ।

प्रतिहजार व्यक्ति ९९८ खाता रहेकामा पुरुषको प्रतिहजार व्यक्ति एक हजार ३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी वाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति एक हजार ८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता छन् । महानगरमा प्रतिहजार व्यक्ति तीन हजार २९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता छन् ।

प्रति एक लाख जनसङ्ख्यालाई सेवा पु¥याउने बैंकका शाखा सङ्ख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त सङ्ख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ प्रतिशत र सबैभन्दा कम प्रदेश नं २ मा ९.७३ प्रतिशत छ । ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसङ्ख्यालाई सेवा पु¥याउने बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १९:५३ मा प्रकाशित

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...