१.
कर्मको फल मिठो
श्रमका ठेला सुन्दर
स्वाभिमानी शिर झुक्छ र ?
२
. देश भन्नू म नै हूँ
साटिन्छ मुटु माटोमा
बग्छ प्रेमधारा अजस्र ।
३.
गल्ली चाहार्दै थियौ
ढाँटेरै महल पस्यौ
अपसञ्चयमा लिप्त छौ ।
४.
समभाव खाँचो छ
अमूल्य छ सत्य कर्म
मित्र, शत्रु बन्ने स्वार्थले ।
५.
दूरदर्शी दृष्टि होस्
मोती फल्ने यो सृष्टि होस्
कुभावको जालो त्यागियोस् ।
पाँच साइनो
आर्त अकुलिन,लम्की कैलाली
१
सुन्दर फूलबारी
हर्षित डाँफे मुनाल
उच्च शिर सगरमाथा !
२
शब्दहरुको रोजी
अतृप्त तृष्णाको भोगी
राता फूलहरुको खोजी !
३
भालुको यो कञ्चट
बुढो बाघको गर्जन
त्रसित छ जनजीवन !
४
लालुपाते योवन
विरक्तिएर यो मन
आज किन हुन्छ जलन !
५
मौलियो काँडाघारी
गुलाबको बोट माथि
फुल्यो सस्तो लोकप्रियता !
वि.सं.२०७८ भदौ ५ शनिवार ०७:२४ मा प्रकाशित






























