back
CTIZAN AD

चार दिनदेखि राहतको पर्खाइमा बाढीपीडित

वि.सं.२०७८ भदौ ७ सोमवार

699 

shares

७ भदौ, राजविराज । लगातारको वर्षाका कारण सप्कोशी नदीमा आएको बाढीले सप्तरीको कोशी टप्पु भनेर चिनिने गोबरगाढाका बाढीपीडित भोकभोकै बस्न बाध्य छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार विगत चार दिनदेखि राहतको पर्खाइमा छन् ।

कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका थिए । वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद , रामस्वरुप , हरिबोध , रामानन्द , कुशेश्वर, भुवनेश्वर , सन्तोश , महेन्द्र यादवलगायतका घर जलमग्न भएको थियो ।

अझै घर आँगनमा दुई/तीन फिटसम्म बाढी रहेकाले खाना पकाउन समस्या भइरहेको जनाइएको छ । स्थानीयवासी सीताराम यादवले भन्नुभयो “ खाद्यान्न पनि सकिन लाग्यो ।

के खाएर छाक टार्ने र ?” प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले खाद्यान्न लगायत राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिँदै आवश्यकताअनुसार शीघ्र राहत वितरण गरिने जानकारी दिए ।

बिग्रियो पीसीआर मेसिन

तीनहप्तादेखि ठप्प रहेकोे राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर परीक्षण अझै सुरुआत हुन सकेको छैन । गत साउनको दोस्रो हप्तादेखि सो पीसीआर मेसिनमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको छ ।

कोभिड–१९ को तेस्रो लहरको जोखिम बढिरहेको बेला अस्पतालमा पीसीआर परीक्षण नै रोकिएपछि बिरामीलाई समस्या भएको छ ।

अस्पतालका डा रणजीतकुमार झाले उपकरणमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको जानकारी दिँदै मर्मतको प्रयास भइरहेको जानकारी दिए । उनले प्रदेश २ का स्वास्थ्य निर्देशनालय र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई जानकारी गराएको बताए ।

चार दिनदेखि राहतको पर्खाइमा बाढीपीडित

कोभिड–१९ सङ्क्रमणबाट मलेसियामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिवचन्द्र खंग छन् । मलेसियाको साहआलम सहरमा सेक्युरिटी गार्डमा कार्यरत उनी दुई हप्ताअघि सङ्क्रमति भएका बताइएको छ ।

उपचारका क्रममा खंगको आज मृत्यु भएको तिलाठी कोइलाडी –८ तोपाका कौशलकुमार यादवले जानकारी दिए । उनका अनुसार खंग चारवर्ष अगाडि रोजगारीका लागि त्यहाँ पुगेका थिए ।

वि.सं.२०७८ भदौ ७ सोमवार १३:२१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...