back
CTIZAN AD

पहिरोमा परी एक महिलाको मृत्यु

वि.सं.२०७८ भदौ ९ बुधवार

687 

shares

९ भदौ, मान्म । कर्णाली राजमार्गको कालीकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरामा परी एक जनाको मृत्यु भएको छ ।

आज बिहान ५ बजे कर्णाली राजमार्गको पहिरामा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो ।

राजमार्गमाथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएको सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।

वर्षात्का कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरा गएका कारणले सो राजमार्ग अवरुद्ध रहेको कालीकोटका प्रहरी प्रमुख शाहले बताए ।

“बिहान दैलेख र कालीकोटको सिमानामा पर्ने कालेखोला र एसमोडमा पहिरा खसेको छ”, उनले भने, “पहिराका कारण यातायातका साधन बीचबाटोमै रोकिएका छन् ।”

अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख शाहले जानकारी दिए ।

वि.सं.२०७८ भदौ ९ बुधवार १६:३३ मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...