back
CTIZAN AD

श्रीलङ्काका सेकुगे र मलेसियाका विरनदीपले एभरेष्ट प्रिमियर लिग खेल्ने

वि.सं.२०७८ भदौ ११ शुक्रवार

675 

shares

११ भदौँ, काठमाडौँ । श्रीलङ्काका सेकुगे प्रसन्न र मलेसियाका वीरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । दुवै जनाले उक्त प्रतियोगिता चितवन टाइगर्सबाट खेल्ने पक्का भएको छ ।

चितवन टाइगर्सले आज विज्ञप्ति जारी गर्दै सेकुगे र वीरनदीपलाई इपिएलका लागि अनुबन्ध गरिएको जनाएको छ । सेकुगे ब्याटिङ र बलिङ गर्नसक्ने खेलाडीका रुपमा परिचित हुनुहुन्छ । यस्तै मलेसियाका पूर्वकप्तान वीरनदीप ब्याट्सम्यान हुन् । दुवै खेलाडीलाई भित्र्याएपछि आफ्नो टोली बलियो भएको चितवन टाइगर्सका मालिक किशोर भट्टराईको भनाइ छ ।

चितवनले यसअघि पाकिस्तानका डानिश अजिज तथा अफगानिस्तानका मोहम्मद साहजाद र करिम जान्तलाई अनुबन्ध गरिसकेको छ । चितवनले टोलीको कप्तानी गर्ने जिम्मा सोमपाल कामीलाई सुम्पेको छ । चौथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा चितवन टाइगर्ससँगै ललितपुर प्याट्रीयट्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् । चितवनको टोलीमा भीम सार्की, कमलसिंह ऐरी, दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, आदिल खान, सागर ढकाल, खड्ग बोहरा, इशान पाण्डेलगायतका खेलाडी रहेका छन ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:३७ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...