back
CTIZAN AD

आलोचना: मैथिली गजल संग्रह ‘सूर्यास्तसँ पहिने’

वि.सं.२०७८ भदौ १२ शनिवार

1.5K 

shares

‘सूर्यास्तसँ पहिने'(सूर्यास्त भन्दा पहिले) यो नाम हो डा.राजेन्द्र विमल जीको गजल संग्रहको ।

यो संग्रहको भूमिकाको अन्तिम भागमा विमल जी लेख्नु हुन्छ “यो मैथिली भाषाको पहिलो यस्तो गजल संग्रह हो जसमा १००(एक सय) गजल प्रस्तुत गरिएको छ ।” जबकी, मैले जाने सम्म सन् १९८५ मा प्रकाशित गजल संग्रह ‘लेखनी एक रंग अनेक’ जुन कि रवीन्द्रनाथ ठाकुरको हो जसमा कुल १०९(एक सय नौ) वटा गजल संगसंगै कता समेत समावेश गरिएको छ । तब विमल जीको यो ‘पहिलो’ जस्तो घोषणाको अर्थ के? यो हुन सक्छ की विमल जी यसलाई नेपालीय मैथिलीको सन्दर्भमा लेख्नु भएको होला तब त यो झनै गडबड……..। कारण विमल जीको यो गजल संग्रहमा कुल ४(चार) वटा गजल दोहोरिएको छ ।

अर्थात्, शुद्ध रूपले हेर्दा यो गजल संग्रहमा कुल ९६ वटा गजल रहेको छ । मलाई विमल जी जस्तो साहित्यकार संग यस्तो आशा थिएन की वहाँ पहिलो हुनकै लागि यस्तो कार्य गर्नु हुन्छ । इतिहासलाई आफ्नो फाइदाका लागि गलत साबित गर्नु हुन्छ । अब नेपालका विद्वान समीक्षकहरूले भन्नु हुन्छ कि के कुरा छ । मेरो टिप्पणी मात्र इतिहास शुद्धताको लागि छ । गजल संख्या १९ र २०, २९ र ३०, ३१ र ३३ र ५६ र ६१ एउटै गजल हो ।

यदी गम्भीरतापूर्वक पढ्यो भने राजेन्द्र विमल जीको कथित गजल संग्रह ‘सूर्यास्तसँ पहिने’मा अधिकांश रचना यस्ता भेटिन्छन् जुन कि मात्र गीत हो गजल होइन । बुझ्नै मुश्किल छ की गीतको गजल संग्रहमा के काम छ भनेर ।

राजेन्द्र विमल जीको कथित गजल संग्रहमा धरै गीतहरू छन् । हेरौं कुन-कुन गीत छ—- पृष्ठ संख्या १, २, ३, १४, १९, २०, २३, २७, ३४, ४२ र ४७ का दोश्रो कथित गजल हुन् । त्यस्तै पृष्ठ संख्या ४, ७, ८, ९, १०, ११, १६, १८, २९, ३१, ३२, ३६, ३९ मा कथित रचनामा बहर छैन र लेखकले कविताको ढाँचामा लेख्नु भएको छ । अन्य कथित गजलहरू गजलको ढाँचामा छ त्यसकारण म यो मान्नलाई बाध्य भै हाल्छु कि जुन कविताको ढाँचामा छन् ती सब कविताहरू हुन् । कारण, विमल जीलाई कविताको ढाँचा र गजलको ढाँचा बीचको अन्तर राम्ररी थाहा छ । र, यसको प्रमाण वहाँले आफ्नो कथित संग्रहमा पनि दिनु भएको छ ।

जबकी यो आलोचनाको प्रारम्भिक भाग सन् २०१२ को मध्यमा फेसबुकमा दिएको थिएँ र त्यसै क्रममा यता त्यो आलोचना माथि केही टिप्पणीहरू आएका थिए । त्यो टिप्पणीमा धीरेन्द्र प्रेमर्षि जी यसलाई प्रेसको गडबडी भन्नु भयो । ठीक छ, त्यतिसम्म यो कुरा मान्न सकिन्छ……तर गीत र कवितालाई गजल भनेर पाठकलाई बेवकुफ बनाउनु र रेकर्ड गराउने अभिलाषा कसलाई भएको हुन सक्छ ? आचार्य राजेन्द्र विमल जीको वा प्रेसवालाको ?…….तै पनि यदी संख्यात्मक गडबडी प्रेसबाट भएको छ भने यो गीत र कवितावला गडबडी त विमल जीको नै हो । अर्को कुरा मानौं यो प्रेसको नै गडबडी हो र यो संग्रहको सबै रचना गजल नै हो तैपनि संदेहको घेरामा त विमल जी नै हुनुहुन्छ मात्र विमल जी नै किन मैथिली गजल (कथित गजल संग्रह) सम्बन्धी ज्ञान पनि संदेहको घेरामा छ कारण जब १९८५ मा १०९ वटा गजल सहितको गजल संग्रह प्रकाशित भयो….तब विमल जीको घोषणा मात्र पहिलो हुनेवला रोगको लक्षण हो ।

लेखक – आशीष अनचिन्हार

अनुवादक – कुन्दन कुमार कर्ण

(सन् २०१३ अक्टोबर,२२ मा अनचिन्हार आखरमा प्रकाशित आलोचनालाई नेपालीमा अनुवाद गरिएको हो ।)

May be an image of 1 person and text

गजल संग्रह माथि प्रकाशकको कथन

वि.सं.२०७८ भदौ १२ शनिवार ०८:०६ मा प्रकाशित

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...

गजल

गजल

एकनारायण चापागाई,दाङ पोख्ने सदा मनका उभार होला सोच्ने अझै उत्तम...

गजल

गजल

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर, काठमाडौँ पिई रक्सी सुधारस हो नभन्नू नबोलीकन...

गजल

गजल

प्रभा पोखरेल,हाल : अमेरिका साथी उही हो साथ होस् अभरमा...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...