back
CTIZAN AD

कर्णालीमा सङ्क्रमण बढ्योः बालबालिका बढी जोखिममा

वि.सं.२०७८ भदौ १४ सोमवार

693 

shares

१४ भदौ, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना सङ्क्रमण दोस्रो लहरमा बढेको हो ।

कर्णालीमा हालसम्म २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका अनुसार यो सङ्ख्या पहिलो भन्दा दोस्रो लहरमा बढी देखिएको छ ।

प्रदेशमा अहिलेसम्म कूल ३० हजार ८६९ जनामा सङ्क्रमण देखिएकोमा ८० प्रतिशत सङ्क्रमित भने २० वर्षमाथिका छन् । निर्देशनालयका निर्देशक डा रवीन खड्काले बालबालिकामा पनि सङ्क्रमणदर बढ्दो रहेको बताए ।

“बालबालिकामा सङ्क्रमण दर बढ्दो क्रममा देखिन्छ”, खड्का भन्छन्, “बालबालिकाले कोभिडविरुद्धको खोप पनि पाएका छैनन् त्यो भएर पनि उनीहरुमा जोखिम बढी हुने आँकलन गरिएको छ ।” उनका अनुसार पाँच वर्षमुनिका बालबालिकामा भने जोखिम कम रहेको छ ।

निर्देशक खड्काका अनुसार गतवर्ष पहिलो लहरमा कर्णालीमा चार प्रतिशत बालबालिका मात्र कोरोना सङ्क्रमित भएका थिए । त्यो सङ्ख्या बढेर अहिले १९ प्रतिशत अर्थात् पाँच हजार ५५६ पुगेको छ ।

पहिलो र दोस्रो लहरमा सबैजसो उमेर समूहलाई प्रभावित पारेको कोभिडको तेस्रो लहरसमेत आउन सक्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको आँकलन छ ।

उक्त लहरले बालबालिकामा बढी असर गर्ने बताइएको छ । बालबालिकामा बढी सङ्क्रमण हुने देखिएकाले सोहीअनुसारको पूर्व तयारी गर्नुपर्ने निर्देशक खड्काको भनाइ छ ।

यसैबीच कर्णालीमा पनि तेस्रो लहरको सङ्क्रमणबाट जोगिन पूर्वतयारी थालिएको छ । निर्देशक डा खड्काले बालबालिकामा जोखिम हुने अनुमान गरेर जिल्लास्थित सबै अस्पतालले २० प्रतिशत बेड छुट्याएको जानकारी दिए । बालबालिकाका लागि उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण र जनशक्तिको समेत व्यवस्था गरिएको उनको भनाइ छ ।

त्यसैगरी सघन उपचार कक्ष र भेन्टिलेटर व्यवस्थापन गरिएको छ भने अक्सिजन सिलिण्डरहरु थप गर्ने काम भइरहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए ।

उनले काभिड नियन्त्रणकै लागि कर्णालीमा तीनवटा हिमाली जिल्लाका सबै नागरिकलाई खोप व्यवस्थापन गर्ने गरी तयारी अघि बढाइएको बताए ।

“जहाँ कम जनसङ्ख्या रहेका जिल्लाहरु छन् त्यहाँका सबै नागरिकलाई खोपको व्यवस्था गर्ने गरी काम अघि बढाएका छौ”, चौधरीले भने, “हिमाली जिल्लासँगै सबैभन्दा बढी कोभिडबाट प्रभावित रहेको सुर्खेतमा पनि सबै नागरिकलाई खोप दिने गरी तयारी गरिरहेका छौँ ।”

यस्तै, निर्देशनालयले उपचारका लागि प्रदेशका तीन वटा अवस्थामा भाइरस सङ्क्रमणको वर्गीकरण गर्ने व्यवस्था मिलाएको छ । उपचारलाई सहज बनाउन सङ्क्रमितको स्वास्थ्य अवस्थाअनुसार भाइरसको वर्गीकरण गरिएको हो ।

सोही आधारमा निर्देशनालयले मापदण्डसमेत बनाएको छ । सामान्य, मध्यम र जटिल अवस्था वर्गीकरण गरी त्यसकै आधारमा समुदाय, जिल्ला तह र प्रदेश अस्पतालमा उपचारको प्रबन्ध गरिएको बताइएको छ ।

कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणबाट ३६८ जनाको ज्यान गएको छ । झन्डै एक हजार हाराहारीमा सक्रिय सङ्क्रमित अहिले पनि छन् । पछिल्ला दिनमा गम्भीर बिरामीको सङ्ख्या धेरै नभए पनि सङ्क्रमण दर भने बढ्दो छ ।

वि.सं.२०७८ भदौ १४ सोमवार १६:३६ मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...