१६ भदौ, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले उत्कृष्ठ व्यवसायिक साझेदारलाई पुरष्कृत गरेको छ । कम्पनीले मंगलबार तेस्रो वार्षिकोत्सब कार्यक्रमको आयेजना गर्दै उत्कृष्ठ व्यवसायिक साझेदारलाई पुरष्कृत गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ठ व्यवसायिक साझेदार गर्ने विभिन्न कम्पनी/फर्म/कृषक समुहहरुलाई पुरस्कृत गरेको बताएको छ । कम्पनीले गणपति एग्रिकल्चर प्रालि धादिङलाई वर्षको उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार प्रदान गरेको छ ।
यस्तै, जय किसान एग्रो मार्ट एण्ड मेसिनरी कपिलवस्तुलाई उदाउँदो व्यवसायि पुरस्कार, तमोर कृषि भण्डार झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भ्यू टावर तरकारी पकेट काठमान्डौलाई उत्कृष्ट कृषक समुह पुरस्कारबाट सम्मानित गरेको हो ।
साथै कम्पनीको सेवामा रहि उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरु कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र सन्दिप रिजाल, दिपेश थापा र हेमराज ढकाललाई विभिन्न विधामा पुरस्किृत गरेको छ ।
२०७५ साल भाद्र १४ गते मुक्तिनाथ बिकास बैंक लगायत व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवापुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवापु¥याउनको लागि कृषिपेशालाई प्रतिष्पर्धि र मर्यादितबनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्ने उद्देश्य लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
विभिन्न कृषक, कृषक समुह तथा सहकारीहरुसँग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादनका साधनहरु, प्रविधि र वित्तियपहुँचमा सहजिकरणका लागि कम्पनी प्रतविद्ध भएको उल्लेख गरिएको छ ।
कम्पनीले हालसम्म १५ वटा भन्दा बढी जिल्लाहरुमा आधिकारीक व्यवसायिक साझेदार निर्माण गरी ५० वटाभन्दा बढि जिल्लाका कृषकहरुलाई गुणस्तरीय सेवा विस्तार गरेको छ । संगसंगै कृषकहरुलाई समयानुकुलका आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिम लगायतका अभियानहरु संचालन गर्दे आएको पनि बताएको छ ।
वि.सं.२०७८ भदौ १६ बुधवार २२:०६ मा प्रकाशित






























