back
CTIZAN AD

अस्पतालमै बसेर न्यायको पर्खाइमा घाइते दम्पती

वि.सं.२०७८ भदौ १८ शुक्रवार

540 

shares

१८ भदौ, झापा । विराटनगरको रिजाल ग्यास इण्डस्ट्रिजको ट्रकले छ महिनाअघि ठक्कर दिँदा गम्भीर घाइते भएका यहाँका एक दम्पती अहिलेसम्म अस्पतालमै बसेर न्यायको पर्खाइमा छन् ।

शिवसताक्षी नगरपालिका–२ निवासी घाइते दम्पती यामबहादुर श्रेष्ठ र सनम श्रेष्ठ उपचारका क्रममा बिर्तामोडको बिएण्डसी हस्पिटलमा छन् । उनीहरुले आफूलाई घाइते बनाउने ट्रक सञ्चालकबाट उपचार खर्च तिर्न लगाउन र भरणपोषणका लागि क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

उपचार खर्च व्यहोर्नुपर्छ भनेर ट्रक धनी तथा रिजाल ग्याँस इण्डस्ट्रिजका सञ्चालक नवीन रिजाल सम्पर्कमा नआउनुभएको घाइते यामबहादुरका भाइ खेमबहादुरले बताए ।

विसं २०७७ फागुन १९ गते कनकाईको सुरुङ्गास्थित महेन्द्र राजमार्गमा रिजाल ग्याँसको को१ख १६८४ नंको ट्रकले प्रदेश १–०१–००१च०१६७ नंको कार र प्रदेश १–०१–०१३प१७८३ नंको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु भएको थियो भने मोटरसाइकलमा रहेका दम्पती गम्भीर घाइते भएका थिए ।

श्रेष्ठ दम्पतीको उपचारमा लागेको खर्च रु ४४ लाख पुगिसकेको छ । त्यसमध्ये रु ११ लाख परिवारका तर्फबाट व्यहोरिएको छ । घाइते पक्षले पूरै उपचार खर्च ट्रक सञ्चालकले व्यहोर्नुपर्ने माग गरेको छ ।

दुर्घटनालगत्तै ट्रक सञ्चालक पक्षबाट घाइतेको उपचारमा रु दुई लाख जम्मा गरेको र त्यसपछि फोन गर्दासमेत सम्पर्कमा नआएको पीडित पक्षको गुनासो छ । त्यहीकारण क्षतिपूर्ति र उपचार पाऊँ भन्ने माग गर्दै श्रेष्ठ परिवारका पक्षबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको घाइतेका मामा कृष्णकुमार राईले बताए ।

जिल्ला प्रशासन कार्यालयमा विचाराधीन क्षतिपूर्तिसम्बन्धी उजुरीको चाँडै किनारा नलाग्दासमेत घाइते पक्ष तनावमा परेको छ । “हामीले दिएको उजुरी सिडिओ कार्यालयले हेरिरहेको छ, तर निर्णय आउन धेरै ढिला भइसक्यो”, घाइतेका भाइ खेमबहादुर भन्छन्, “जसले ठक्कर दिएको हो, उनीहरु सम्पर्कमै आउँदैनन्, बिरामी छ महिनादेखि अस्पतालमा छन्, कोरोनाका कारण जारी लकडाउनले गर्दा मुद्दामा फैसला ढिलो भएको भन्छन्, छिटोभन्दा छिटो फैसला आउँछ र न्याय पाउँछौँ भनेर हामी पर्खिरहेका छौँ ।”

श्रेष्ठ दम्पतीको उपचार लगभग पूरा भए पनि घाइते बनाउने ट्रक सञ्चालक पक्षबाट उपचारको जिम्मेवारी वहन नगरिएको कारण उनीहरु जिल्ला प्रशासन कार्यालयमा विचाराधीन क्षतिपूर्तिसम्बन्धी मुद्दाको छिनोफानो नभइञ्जेलका लागि भन्दै अस्पतालमै बसिरहेका बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए ।
रासस

वि.सं.२०७८ भदौ १८ शुक्रवार ११:५२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...