back
CTIZAN AD

माधवको पार्टीमा जान शर्त पछि शर्त तेर्साउँदै वामदेव, पछिल्लो शर्त यस्ता

वि.सं.२०७८ भदौ १८ शुक्रवार

636 

shares

भदौ १८, काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान नेता वामदेव गौतमले एक पछि अर्को शर्त राख्न थालेका छन् । सह–अध्यक्षको प्रस्ताव अस्वीकार भएसँगै गौतमले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त बनाउने र संघीयतालाई पुनर्संरचना गर्ने कुरा पार्टीले अगाडि बढाउनुपर्ने शर्त राखेका छन् ।

सहअध्यक्ष वा दुई वटा अध्यक्ष राख्ने प्रस्तावलाई माधव पक्षले ठाडै अस्वीकार गरे पछि गौतमले पछिल्लो समय सहअध्यक्ष नभए पनि वरिष्ठ उपाध्यक्ष पद दिनुपर्ने बताउँदै आएका छन् । गौतमले जबज अनिवार्य हुनुपर्ने शर्त तेर्साएका छन् ।

उनले नेपालको संघीयतालाई आधार बनाएर कतिपयले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुक्षेत्रीयताको नारा दिईरहेको भन्दै व्यवस्थापन गर्ने गरि संविधानमै व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले बहुराज्यमा लैजाने भड्काउलाई सहयोग गर्न नहुने बताएका छन् ।

गौतमले यसअघि पार्टी विभाजन गरे आफुँले साथ दिने वचन माधव पक्षलाई दिएका थिए । उनले पटक–पटक विभिन्न व्यक्तव्यमार्फत पार्टी विभाजन गर्न उत्साहित पनि गर्ने गरेका थिए ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १४:२४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...