back
CTIZAN AD

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाद्धारा बाल अस्पताललाई सहयोग

वि.सं.२०७८ भदौ १८ शुक्रवार

1.1K 

shares

१८ भदौ, अमेरिका । नेपालमा गैरनाफामुलक संस्थाको रूपमा निर्माण भईरहेको “काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ लाई युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका न्युइंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ ।

मुटु रोग बिषेसज्ञ डा. भगवान कोईरालाको अध्यक्षतामा नेपालका बालवालिकाहरुलाई गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने पवित्र उदेश्यका साथ यो अस्पताल निर्माण भै रहेको छ ।

हालै न्यु हेम्प्शायर नेपाली .कम्युनिटीद्वारा आयोजना गरिएको भर्चुअल कार्यक्रममा डा. कोईरालाले हाल नेपालमा एकमात्र सरकारी बाल अस्पताल भएको र त्यो नेपालभरीको बाल बालिकाको उपचारको लागि पर्याप्त नभएकोले हाल काठमाडौँ र झापाको दमकमा बाल अस्पताल निर्माण भइरहेको र यसलाई ७ वटै प्रदेशमा बिस्तार गरीने बताए ।

डा. कोइरालाले बिभिन्न आंकडा प्रस्तुत गर्दै अहिले बाल मृत्यु दरको संख्या ठुलो रहेको र अस्पताल बनेपछि यो संख्या घट्ने बताए ।
डा. कोइरालाको उक्त भर्चुअल मन्तब्यबाट प्रभावित भइ सहयोग संकलन गरेको अर्गनाइजेसनका महासचिव शेखर राईले बताए ।
राईका अनुसार विभिन्न क्षेत्रमा कार्यरत १४ जनाबाट अमेरिकी डलर ६,९०७ (नेपाली रू ८ लाख १७ हजार) संकलन गरिएको र उक्त रकम सिधै काठमाण्डौमा प्राप्त हुनेगरी हस्तान्तरण गरिएको थियो ।

No description available.
अर्गनाइजेशनका च्याप्टर अध्यक्ष मुक्ति नारायण राई र एनआरएनए अमेरिकाका भू.पू. अध्यक्ष शिव कु. राईबाट संयुक्त रुपमा न्युहेम्प्शायार नेपाली कम्युनिटीका पूर्वअध्यक्ष तथा उक्त बाल अस्पताल सम्बन्धी सरोकार राख्ने समाजसेवी मीन गौतमलाई डमी चेक हस्तान्तरण गरिएको थियो ।

सोही समारोहमा हालसालै साँस्कृतिक परम्परा अनुसार प्रणय बन्धनमा बाँधिएका अतिथी लुमन के.सी र रेखा गुरुङलाई सुखी र सफल दाम्पत्य जीवनको निम्ति अर्गनाइजेशनले बधाई तथा शुभकामना दिएको थियो ।

स्मरण रहोस, यस च्याप्टरका पूर्वकोषाध्यक्ष धनकुटा जिल्ला चुङ्गमांग घर भइ हाल ब्यारिंगटन न्युहेम्पशायर बस्ने राजन कुथुमी राईले आफ्नो स्वर्गिय धर्मपत्नी अरूणा कुथुमी राईको स्मृतिमा रु. २५ लाख यसअघि नै बाल अस्पतालाई सहयोग गरिसकेका छन् ।

 

वि.सं.२०७८ भदौ १८ शुक्रवार १३:५३ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...