back
CTIZAN AD

दस टुक्काहरू

वि.सं.२०७८ भदौ १९ शनिवार

1.6K 

shares

१.
कति जान्छ हरेक साल यो बाढी र पहिरो,
प्रकृतिका बारेमा कुरा बुझ्न साह्रै गहिरो ।

२.
वर्षा याम बाढी पहिरो हरेक वर्ष आउने
भ्यागुतोले टर्र टर्र वाक्कलाग्दो गीत गाउने ।

३.
बाढी पहिरो आयो भने सारा समस्यामा हुन्छन्
पानीको सतह बढेर घरकै दलिन छुन्छन् ।

४.
आफै अघि सरेर नाङ्गा डाँडाकाँडामा वृक्षारोपण गरौँ
बाढी पहिरो रोकथाममा कहिल्यै अरूको भर नपरौँ ।

५.
हावा हुरी बाढी पहिरो प्रकृतिकै कोप
सबै मिली चारैतिर रूखबिरुवा रोप ।

६.
बाढी पहिरो आइरहन्छ आउँछ अनि भेल
बुझौँ सबले यो हो रिसाएको प्रकृतिको खेल ।

७.
ध्यान दिनू सबैले वर्षा मासको बेलामा
नपर्नू प्रकृतिको रौद्र रूपको खेलामा ।

८.
वर्षा याम सबै साथ मिलाएर काँध
बेलैमा खोला छेउँमा बाँध्नुपर्छ बाँध ।

९.
प्रकृतिसँग खेलवाड गर्न हुन्न भन्ने कहिले बुझ्ने
शुरू गरौँ आजै रूखबिरूवा रोपी तिनीलाईनै पुज्ने ।

१०.
हरियो वन नेपालको धन उखान मात्रै भयो
त्यही कुरा नपत्याउँदा आज बाढी पहिरो गयो ।

 

वि.सं.२०७८ भदौ १९ शनिवार ०८:२७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...