back
CTIZAN AD

कविताः अन्धआवेग !!

वि.सं.२०७८ भदौ १९ शनिवार

693 

shares

विचारपुञ्ज मान्छे
भावनाको
जलतरङ्ग मान्छे
पहाडमा
सन्तुलन खुस्केर
तल गिरेझैँ
जलको मात्रा बढी भएर
आकाश हल्लदा
झरी झरेझैँ
बाष्पीकृत समयको
तन्तु खुस्केर
चट्याङ्को चर्को
नुन् पड्केझैँ
मान्छेभित्रका
असङ्ख्य चाहना जेलिएर
उग्र उन्मादमा
एउटा उफ्रेपछि
बाढी उम्लेर
धरा माथिमाथि
विध्वँश दौडेझैँ
चैतको खहरे
एकाएक
पर्वत भत्केर सुकेझैँ
मान्छे
खुसुक्क सकिन्छ
संसार पराजित भएर
-सन्तुलन टुटेपछि
-संयम हराएपछि
नियन्त्रणभन्दा माथि आवेग
मर्चाको घोडाझैँ हिन्हिनाएपछि
साँढेका सिङ चिलाएझैँ
मान्छे
अनायास
पराजित हुन्छ मृत्यु
मृत्यु
अनायास
विजित हुन्छ मान्छे
यसमा
कुनै साँध रहन्न
सीमा कोरिन्न
झुप्रो मर्नसक्छ
पतिगालीको अन्ध आवेगमा
-पत्नी बनेर
पत्नी अटेरको सानो छेस्कामा
-पति बनेर
एउटा आलिशान
महल ढल्न सक्छ
सुरा सिसीको
-सानो प्वाल बनेर
तानाशाह
गोली जल्न सक्छन्
आसनलालशाको
पिरो धुवाँ बनेर
लालसी
जिब्रो टोक्न सक्छन्
प्राप्तिको खिरिलो डोरी छिनेर
प्रेमी
चिता जल्न सक्छ
अनिच्छित प्रेमविलासको
-केश टुटेर
–प्रणय रागविराग उम्लेर
धराका राष्ट्राध्यक्षहरू
मन्त्री\प्रधानमन्त्रीहरू
-सत्तासुखको
-भत्ता हुङ्कारको
-मत्ता अहङ्कारको
अन्धावेग उम्लेर
गल्ली झरेका छन्
जिउँदै मरेका छन्
अज्ञानता
अन्ध आवेग हो
सधैँ सधैँ
दिउँसै सपना देख्छ यसले
-भनको उचाइ
-बलको उचाइ
-शक्तिको उचाइ
-प्राप्तको सहज उचाइ
तर सम्झन्न
जन्मनु
-नचाहेको संयोग हो
पाऊँ,ठिकै छ
-संयोग हो
गुमोस्,ठिकै छ
-संयोग हो
आसन अग्लूँ,ठिकै छ
-संयोग हो
महल उक्लूँ, ठिकै छ
-वास न हो
जेल परूँ, ठिकै छ
-घर आफ्नै न हो
प्रणययोग होस्, ठिकै छ
-शरीर न हो
वियोग होस्, ठिकै छ
-संयोग हो हुनुको
हुनुभित्र नहुनुको
नहुनुभित्र हुनुको
सुकेको जङ्गल
वसन्त वहार हुन्छ
वहारको हरियाली सुक्छ
पाले÷हुर्काए यसलाई राम्ररी
अन्ध आवेगले
कहानेर दुख्छ ??

वि.सं.२०७८ भदौ १९ शनिवार ०८:३० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...