back
CTIZAN AD

कविता: सिन्दूर पोते र हृदयपटल

वि.सं.२०७८ भदौ १९ शनिवार

1.2K 

shares

रातको एक बजेछ
हृदय र श्रृङ्गारको कसिमा चिनारीलाई सम्झिएँ
पटक पटक सम्झिएँ
तिमीले बिर्सियौ कि
मैले फेरि सम्झाएँ

अन्त खोज्नु पर्दैन
म सधैं
तिम्रो चिनारीका सौभाग्य स्रृङ्गारमा छु
नारीभरीका रङ्गिन चुराहरूमा छु
आँखाभरीको गाजलमा छु
तिमिले लगाएको पाउजुको सङ्गीतमा छु
तिम्रो गलाको पोतेमा छु
ओठको लालीमा छु
साईँली औंलामा टलक्क टल्किएको
औंठीको पत्थरमा छु
हुन त
चुरा पोते र औँठीमा जहाँ जहाँ म छु
ति सबै काँचका नै छन्
ति सबै रङ्गिविरङ्गि छन्
फुटेर धुलो हुन्छन्

सिँउदोको सिन्दूर र निधारको टिका
पखालिन सक्छन्

मसँग तिमीलाई चिनाउने
तिमीले पहिरिएकाजस्ता कुनै बाह्य बस्तु छैनन्
सजावट र श्रृङ्गारका सामान छैनन्
तर
तिमी सधैं
तिम्रा श्रृङ्गारका सामानभन्दा माथि छ्यौ
सबैभन्दा नजिक
हृदयको ढुकढुकीमा छ्यौ
रगत बगेका नसा नसामा छ्यौ
आँखाका दृश्टिमा छ्यौ
जो
म बाँचुन्जेल फुटेर सकिदैन
म बाँचुन्जेल पखालिएर जाँदैन

ति सबै चिज
काँच र पत्थरबाट बनेका पनि हैनन् ।

वि.सं.२०७८ भदौ १९ शनिवार ०८:३२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...