back
CTIZAN AD

कविताः प्रतीक्षारत छ मान्छे

वि.सं.२०७८ भदौ १९ शनिवार

768 

shares

केही पाऊँ भन्ने प्रतीक्षामा छ कोही
केही नगुमाऊँ भन्ने रक्षा चाहन्छ कोही
खान पाऊँ भन्ने इच्छामा हुन्छ प्राणी
सधैं कमाउने र जिउने कामनामा छौं हामी
सधैं रमितामा रमाउन खोज्दै
रुमलिन्छौं आशैआशामा
निकृष्ट मृत्यु टार्न पाए हुन्थ्योको अभिप्सामा छौं
अरू एकदिन थपेर भए पनि
आयु लम्याउन पाए हुन्थ्योको अभीष्टमा छौं
अनेक उपायले जोगिन उत्सुक छ मान्छे
तर, सक्तैन जति नै धनसम्पत्ति खर्चिए पनि
भएभरको बलबुता र घमण्ड सुर्किए पनि
सक्तैन ऊ खुसी बटुल्न विजयमाला पहिरिन
जोड्न चाहन्छ दिनका पत्र, तिथिमिति र सालसम्वत्
सँगसँगै छायाँ मृत्युको हराउँदैन रात विरात पनि
तर खै को छ सक्षम यहाँ
पराजित गर्न सक्ने अकाट्य भक्षकलाई ?
यहाँ को छ सामथ्र्यवान्
तह लाउँन सक्ने विश्वब्यापी नामेटलाई ?
आउँछ ऊ कुन वेला चाल मार्दै लुकिछिपी
बुझ्न सक्ने को होला त्यो अन्तर्यामी ?
उसको आगमन किटान गर्न सक्ने
को हुन सक्छ अन्तरध्यानी ?
हाँस्ता हाँस्तै, नाच्ता नाच्तै,
कर्मवीर भै बाच्ता बाच्तै
बाँच्नुसितको अपेक्षा राख्ता राख्तै
सुटुक्क अस्ताउँछ आफैं माझबाट
एउटा सुन्दर तस्बिर आफूजस्तै ।

अतृप्त रहेछ जिन्दगी यो
फगत मृत्युका लागि साँच्तछ कसैले आफुलाई
सायद प्रतीक्षारत छ हरेक मान्छे
अन्जान मृत्यु स्वीकार्नलाई
मृत्युको पिठिउँ चढेर गयो भनिन्छ
हामी भित्रैको हरेक व्यक्ति
तर, खै कहाँ जान्छ ऊ ?

कुनै खबर लिएरआइपुग्दैँन फेरि
फिरेको छैन आजसम्म
लाग्छ मृत्युको प्रतीक्षामा अनेक बहानाबाजीमा
जुगानुजुग बाँचिरहन चाहन्छ मान्छे
एकातिर तर्सिदैछ
अर्कोतिर ढिलाइ गर्दैछ अवसानसँग
तर पनि छायाँ बनेर पिछा लाग्ने
मृत्यु ढुकेर पर्खिरहेछ मान्छे ।

हालः लोकन्थली, भक्तपुर, ९८४२०९९८३१

 

वि.सं.२०७८ भदौ १९ शनिवार ०८:३४ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...