back
CTIZAN AD

व्यंग्य कविता: नेताज्यू कहिले अघि सर्नुहुन्छ

वि.सं.२०७८ भदौ १९ शनिवार

1.1K 

shares

सर पर्दा जुटाउनु हुन्छ
असर पर्दा फुटाउनु हुन्छ
कसैले चुईँ बोल्नै हुन्न
कुर्लदै भुट्भुटाउनु हुन्छ ।

विकासको बजेटबाट
कमिशन कुम्ल्याउनु हुन्छ
बिरोध गरे कसैले भने
डन लगाई सुम्ल्याउनु हुन्छ ।
खोजी खोजीकन आफ्नालाई
राम्रो ठाउँमा पुर्याउनु हुन्छ
छानी छानीकन बिरोधीलाई
भित्तैमा हुर्याउनु हुन्छ ।

आसन जमाउनु हुन्छ
भाषण थमाउनु हुन्छ
जनता बिजोगमा हुँदा
बेस्सरी रमाउनु हुन्छ ।

पातलो दिसा मात्र के आउँछ
विदेश तिर टाप कस्नु हुन्छ
राजिनामा दे भनेर कुर्लदा पनि
सत्तामा टाँसिएर बस्नुहुन्छ
नीतिलाई जुठेल्नामा मिल्काई
कुटनीतिज्ञलाई तेल घस्नुहुन्छ
सिद्धान्तलाई लगौँटी बनाई
छिमेकीका टाँङमुनि पस्नुहुन्छ ।

बाहिर हँसाउनु हुन्छ
भित्र डसाउनु हुन्छ
सपनाको पहाड देखाई
गल्छिमा फसाउनु हुन्छ ।

समाज बनाउँछु भनेर
उता दुराचारी छाड्नु हुन्छ
सोझा जनता समातेर
हाड छाला नै काढ्नु हुन्छ
भ्रष्टाचार उकास्नु हुन्छ
सुशाषण गाड्नुहुन्छ
बनेको एकता बिगारेर
स्वार्थमा भाँड्नु हुन्छ ।

धामी पनि बन्नु हुन्छ
झाँक्री बनि बन्नु हुन्छ
आफुलाई बरिष्ठै डाक्टर
दुनियाकै भन्नु हुन्छ ।

पुल सडक आधा हसुरेर
महल यता ठड्याउनु हुन्छ
निर्वाचन खर्च देऊ भन्दै
व्यापारी हड्याउनु हुन्छ
बदलामा गुन तिर्न तिनैको
महँगी अड्याउनु हुन्छ
जनतालाई भने चिल्लो हात
सजिलै मड्याउनु हुन्छ ।

हेलिकप्टर चढेर झर्नुहुन्छ
पटक पटक शिलान्यास गर्नुहुन्छ
साँच्चै देश,जनता भनेर नेताज्यू
कहिले हजुर अघि सर्नु हुन्छ ?

वि.सं.२०७८ भदौ १९ शनिवार ०८:३५ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...