back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ भदौ १९ शनिवार

1.5K 

shares

(१)
पहिले मान्ने तिज भन्दा, अहिले मान्ने तिज फरक
लाउने खाने कुरादेखी, सबै–सबै चिज फरक
संस्कार भन्दा पनि धेरै, बिकृती बढ्न थालेपछि
देख्न थाले समाजभित्र, यस्ले रोप्ने बिज फरक

(२)
तिम्रै लागि ब्रत बसी, पूजा गर्ने दिन आउछ
हातमा तिम्रै नाम लेखी, बुट्टा भर्ने दिन आउछ
हरिया पहेला अनि राता , चुराहरु नाडी भरि सजाएर
सिउदो भरि तिम्रो नामको, सिन्दुरछर्ने दिन आउछ

(३)
एउटै कोखका सन्तान बिचमै, पानी बाराबार छ
रिस ईर्ष्या खुट्टा तानातान, सेखी झाराझार छ
कसो गरी शान्ति छावोस्, कठै यो मनभित्र
थोरै धनको निहँुमा आफ्नैको, ज्यानै मारामार छ

(४)
पर छ जुवा, हलो छ वर
नार्दै छन हलीले, गोरु वर पर
हात मा ठेला, निधारमा पसिना
बुझी राख पर्नु, हुन्न भाग्यको भर

(५)
दारू सङ्ग संगै, सुन्दरीको साथ
मेरो हात मा, होस उस्को हात
नशा चड्दै रात, बढ्दौ जावोस
यौवन बेकाबु, बन्दै छ यो रात

वि.सं.२०७८ भदौ १९ शनिवार ०८:३७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...