back
CTIZAN AD

पाँच मुक्तकहरु

वि.सं.२०७८ भदौ १९ शनिवार

702 

shares

(१)
भित्रभित्रै आजकल यहाँ आत्मा मेरो मरेको छ
माया तिमीले नबुझ्नाले चोट यहाँ परेको छ
हरदम तिम्रै यादमा बस्दा तिमीले वास्ता नगरेसी
कयौं पल्ट भक्कानिएर आँशु मेरो झरेको छ

(२)
तिम्रो लागी कति रोए कति छुटे इष्ट मित्र
सबै भन्दा बढी माया गर्थे तिम्लाई मूटु भित्र
तिमीले कहाँ बु्झेयौर खै ! निस्वार्थ त्यो माया
हट्न कहाँ सक्छर खै ! मुटुभित्र छापिएको चित्र

(३)
देश बनाउने जस्ता बुद्धिजिविहरु नेता बन्नबाट हटे किन
स्वार्थ मै झुल्ने बुढा नेता देशको कुर्चीमा सधैं खटे किन
पुरानै नेताको कुर्सी मोहले कहिले काँचुली फेर्ने देशले
लौन जाग युवा हो देश निर्माणमा सहयोगी हात घटे किन

(४)
लक्ष्यमा पुग्ने त आफैले काम गरेर हो
दुःख बुझने भनेको दुःखमा मात्र परेर हो
मुटु भित्र गडेको याद कहाँ भुलिन्छ र
भुल्ने त केबल सदाको लागि मरेर हो

(५)
सबैले भन्छन् चिन्ता पिर नगर नरोउ भनेर
मूटु भित्रको पिडा बेदना कहाँ सक्छु र गनेर
आफन्त गुमाउनुको पिडा असैह्य छ मनभरि
सक्नेभए सबै आत्मा फिर्ता दिन्थे यमदूत बनेर

 

वि.सं.२०७८ भदौ १९ शनिवार ०८:३९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...