back
CTIZAN AD

सर्वसाधारणका लागि असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै बुद्धभुमि नेपाल हाइड्रोपावर, कति कित्ता आवेदन दिने त ?

वि.सं.२०७८ असोज ३ आइतवार

762 

shares

३ असोज, काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि (प्राथमिक शेयर) आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त आईपिओमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति असोज २५ गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले कम्पनीको उक्त आईपिओमा न्यून्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यस कम्पनीको आईपिओमा पनि १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय र मेरो शेयरको मोबाइल एपबाट आवेदन दिन सक्नेछन ।

वि.सं.२०७८ असोज ३ आइतवार १२:०४ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...