back
CTIZAN AD

फूलमति

वि.सं.२०७८ असोज ९ शनिवार

1.2K 

shares

फूलमतिको मुटु भतभती पोल्न थाल्यो । फोक्सोले काम नगर्ला जस्तो भयो । साँस घाँटीमै अडकेला जस्तो भयो । जसोतसो पलङ्गमा अडेस लागेर आफुलाई सम्हाली । टेबुलमा राखिएको बोतलबाट पानी घटघट पिई । तर ! पानीले पनि मुटु पोल्न शान्त भएन । पोलिरह्यो असिम चिन्ताले भतभती ।

सानोमा आमाले स्कुलजाने बेलामा रिबनको फूल बनाउदै भन्थिन् – ‘दिनमा फुलेर सुगन्ध छर्ने फूल बन्नु, रातकि रानी नबन्नु है छोरी । त्यो त रातमा फुलेर बिहान हुन नपाउँदै मिर्मिरेमै झर्छ । त्यस्को चमक–दमक केवल रातभरि मात्रै हो ।’
फुलमतीले आज आमाको यी वाक्यहरु साँचो भएको अनुभव गरी ‘साच्चै आज म रात कि रानी न हुँ । दिनमा मुर्झाउँछु । रात परेपछी सक्रिय हुन बाध्य बन्छु । आफ्नो इच्छा होस् या नहोस् ।’

कलकत्ता महानगरी एउटा रंगिन गल्लीको आलिशान भिमकाय कहाली लाग्ने कोठाभित्र उसको बास छ । उसले केवल त्यस महानगरीको चहल– पहल आफ्नो दुखि आँखाहरुले देखेकी छे । दक्षीणतिर एकदमै भव्य मन्दिर दर्शन गर्नेहरुको लामो लस्कर । तँछाड मछाड पुरोहितहरु लोभी नजरहरु घुमाउदै दर्शनको लाईनको दाम तोक्दैछ्न । एकसय, दुईसय र पाँचसयको लाईनमा छिटो दर्शन पाईन्छ आदि इत्यादि ।

अर्कोतिर बजारमा किनबेच गर्नेहरुको घुइँचो । अर्कोपटि मासु र माछा पसलमा पनि झिंगासरह मान्छेहरु झुम्मिएको ।अनि सडकहरुमा ठूलो र सानो गाडीहरूको लस्कर । मानौ यसरी कुद्दैछन् यिनिहरु अस्वमेघका घोडाहरु हुन् । जस्ले विश्व विजय गर्नैपर्छ ।

फुलमतिले फेरि आफ्नो गाउँ सम्झी शान्त, निश्चल, पारी क्षितिजमा रातो सुन्दर घाम उदाएको धुप्पीघारी । पानीको कलकल धारा । जता–ततै हरियाली स–साना पाठाहरु माउको दूध चुस्दै बुरुक बुरुक उफ्रेका । अनि गाउँनै मग्मगाउने सयपत्री र गुलाफहरु फूूलेको ।

फुलमतिले फेरि दुई बर्ष अघिको दुःखद् घटना सम्झी । जुन बेला घनघोर बर्षा–झरीमा उनिहरुको घर पहिरोले बगाएको थियोे । जस्मा परिवारको जिम्मेवारी बोकेका एउटै बाबा अनि आफ्नो सानो दस बर्षिय भाइले छोडेर गएको थियो । अब आमा अनि सात बर्षकी बहिनी र उ मात्र जिउँदो छ । कक्षा एघारमा पढदै गरेकी फुलमतिको स्कुल छुट्यो । अब उसको काँधमा परिवारको जिम्मेवारी आईपर्यो । यसरी आफ्नी आमा र बहिनीलाई सुखले पाल्ने उसको संकल्पले उसलाई घिसारेर मधेसमा झार्यो ।

सिलिगुडीमा ‘डोनर’ क्याफेमा रिसेप्सनको कामगर्न थाली । यसरी क्याफेमा कामगर्न थालेको करिब तीन महिनापछि अचानक एकदिन उसको भेट राजिवसित भएको थियो । राजिव त्यहाँको पुरानो ग्राहक थियो । जुन केवल छ महिना या त बर्ष दिनमा मात्रै आउने गथ्यो । पहिलो भेटमै अनौठो आकर्षण !

तर ! जे भए नि पहिलो भेटमा उनिहरुमा बोलचाल भएन । केवल एकाअर्कोलाई हेराहेर मात्रै गरे । राजिव प्रधान यतै सिलिगुडी निवासी बैङ्लोरमा कामगर्ने हेर्नमा पनि सुन्दर जवान फुलमति उसलाइ हेरेको हेर्यै भइन् । राजिव खाली त्यहाँ कफी पिउन आउथ्यो । जुन दिनदेखि त्यहाँ उसले फुलमतिलाई देख्यो । त्यसपछि उ धेरैपटक आउन थाल्यो । उसले फुलमतिलाई आफ्नो घर परिवारबारे सोधपुछ गर्यो र थाहा पायो निक्कै समस्या रहेछ घर चलाउन । उसले फुलमतिलाई बेङ्लोर गए उसैको अफिसमा राम्रो जागिर लगाइदिने भनेर फकायो । उसले आफ्नो अफिसको म्यानेजरहरुसित राम्रो सम्बन्ध भएको भन्दै फेरि भन्यो–तिमी जस्तो पढेको राम्रो प्रतिभा भएकीले उता राम्रो जागिर पाउछ्यौ । यदि जाने भए कलगर्नु ।’ एउटा कागजको टुक्रामा फोन नम्बर लेखेर उ आफ्नो बाटो लाग्यो ।

यो महिना नतिरे स्कुलबाट निकालिने छ । बिल हेरेपछि उसको टाउको फन्फनी घुम्न थाल्यो । महिनाको छ हजार तलबमा कोठा भाडा तिरेर खानापिनमा दुई हजार खर्च हुन्छ । बचेको चार हजार रुपैयाँले घर चलाउनै धौ–धौ । फेरि स्कुलको खर्च । उ एकदमै चिन्तित बनि । अनि मनमनै सोची–‘आ जे सुकै होस बरु राजिवसित बेङलोर गएर मज्जाले कमाएर महिना पिच्छै घरमा खर्च पठाउछु ।’

शुरुमा त फुलमतिलाई उसको कुरामा ध्यान दिइन । आमा र बहिनीलाई छोडेर नजाने बिचार गरि । तर फेरि हप्ता मरेपछि घर पुग्दा दैलोबाटनै बहिनीको स्कुलको बिल आएको देखि, दसहजार रुपैयाँ । यो महिना नतिरे स्कुलबाट निकालिने छ । बिल हेरेपछि उसको टाउको फन्फनी घुम्न थाल्यो । महिनाको छ हजार तलबमा कोठा भाडा तिरेर खानापिनमा दुई हजार खर्च हुन्छ । बचेको चार हजार रुपैयाँले घर चलाउनै धौ–धौ । फेरि स्कुलको खर्च । उ एकदमै चिन्तित बनि । अनि मनमनै सोची–‘आ जे सुकै होस बरु राजिवसित बेङलोर गएर मज्जाले कमाएर महिना पिच्छै घरमा खर्च पठाउछु ।’

मनमा यस्तै कुराहरु खेलाउदै मधेस झरि फुलमति । बिहानदेखि बेलुकीसम्म बाटो हेरि तर राजिव देखा परेन । राजिवले दिएको मोबाइल नम्बरको कागजको टुक्रा पनि हराएछ । यसरी नै साता बित्यो । तर राजिव देखापरेन । अर्को साता पनि लाग्यो । उसको आँखाले राजिवलाई नै खोजीरहेको थियो । तर !

अर्कोदिन अचानक फेरि क्याफेमा राजिव देखापर्छ । फुलमतिको साँस आयो । हत्त न पत्त सारा वृतान्त सुनाई उसको कुरा सुनेर राजिवले नि ठूलो सन्तोषको स्वास फेरे झै देखियो ।

राजिव पनि फुलमतिसित उसको घरमा गयो । अनि आगामी दुई–तीन महिनाको लागि घरखर्च बीस हजार रुपैयाँ आमाको हातमा हालिदियो । ढोग गर्दै भन्यो–‘आमा तपाईं चिन्ता नलिनु सब ठिक हुन्छ । यसरी राजिवले दुई–तीन दिनमै फुलमति र उसको आमाको मन जित्न सफल भयो ।’

हुँदाहुँदा फुलमतिले घर छोड्ने दिन पनि आयो । राजिवले टिकट पहिलेबाट नै काटेको रहेछ । हिँड्ने बेलामा आँखाबाट बलिन्द्र आँसुबगाउदै आमा र बहिनीलाई अङ्गालो हालेर धित मरुन्जेल रोइ । विदावारी हुँदै आफ्नो बाटो लागि ।

टाटा सुमो गाडिमा चढेर उनिहरु सिलिगुडी झरे । गाडीमा फुलमतिलाई आमा र बहिनीको सम्झनाले सताई रह्यो । जानुपर्ने एनजेपि प्लेटफर्म बेलुकी सात बजेको रेल थियो । त्यहाँ पुगेर वेटिङ्ग रूममा बसे उनिहरु ।’ रेलमा चढने बेलामा पुलिसले को हो ? कहाँ जान लाएको ? भनेर सोधपुछ गर्नसक्छ । मेरो दाजु हो । हामी कामगर्न जान लाएको भन्नू’ भनेर राजिवले फुलमतीलाई सम्झाएको थियो ।

फुलमती दिनभरी त्यही बसि । राजिव भने बाहिरतिर घुम्न निस्क्यो । बेलुकी समय हुनै लाग्दा आयो । अनि दुबैले एक–एक गिलास जुस पिएर रेलमा चढे । धनमतीलाई खल्लो लागिरह्यो । यसरी पहिलोपटक घर छोड्दा सार्है मन दुखेको थियो । तर पनि मन थामेर चुपचाप बसिरही । रेल आफ्नै गतिमा गुडन थालेको थियो । रेलमा चियादेखि लिएर अनेक समान बेच्ने मानिस चढि नै रहन्थे । यतिकैमा कतिबेला उसको आँखा लाग्यो थाहै पाइन । भुसुक्क निंदाइछे ।

पछि जब आँखा खोली, उसले आफुलाई त्यस नर्कमा पाई । त्यहाँ न राजिव, न त कामगर्ने अफिस । राजिव केवल नोकरीको लोभ दिएर केटि बेच्ने दलाल पो रहेछ । वरिपरि लोग्नेमान्छेको जस्तै अनुहार भएको तर साडि लाएकी । महिला भनुम त महिला होईन । पुरुष भन्नै नमिल्ने । किन्नर हिजडा मुखमा पान चपाउदै ‘देहव्यापार’ को धन्धा गर्दै बस्दा रहेछन् ।
पुलिसदेखि लिएर सारा प्रशासन पनि उनीहरुको सामु झुक्दा रहेछ्न । त्यही कारण त भगवानले नि यिनिहरुलाई मानवको स्वरुप दिएर ठगेको रहेछ भन्ने कुरा फुलमतीले मनमनमा सोची ।

यसरी राम्रो नोकरी र राम्रो तलब पाउने आसामा दलालको हातबाट बेचिएर उ आज रानीमहलमा ‘रातकि रानी’ बनेर बसेकिछे । यसरी आफुले भोगेको दुःख सम्झेर कतै उसको बहिनीले पनि त्यस्तै झेल्नु पर्ला कि भनेर उसको मुटु यसरी पोलेको हो ।

वि.सं.२०७८ असोज ९ शनिवार ०८:०९ मा प्रकाशित

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...