back
CTIZAN AD

लघुकथा: महङ्गो चन्दा

वि.सं.२०७८ असोज ९ शनिवार

666 

shares

‘बेटि, सन्तोषी माइ के लिए चन्दा दो ।’

आफ्नै सुरमा उधारो कपिको हिसाब जोड्दै थिए । सामान राख्ने खाना जति खाली–खाली पैसा जति सधै उधारो खातामा । के गर्नु उधारो नदिए पसल नचल्ने दिए आफ्नो हालत बेहाल । केही हिसाब जोडिदिन पैसा चाहिदैन र भन्छन, केहि भने सुटुक्क कोठा सर्छन् ।

बेटि, तुम बहुत अच्छी हो । सबको भलाइ गर्छस् लेकिन जस पाउदैनस् । जति भलाइ गर्छस् सब लोग कैँची मार्छ । माइ सन्तोषीको पूजा गर सब ठिक हुन्छ ।’

हिसाब जोड्न तल्लिन म उनको मुख नहेरी आवाज चाहिँ सुन्दै थिए ।

‘बेटि, बेर नाकर, सन्तोषी माइ के लिए दिल से चन्दा दो ।’

पुलुक्क हेरे । आधा नेपाली आधा आफ्नो भाषा । पहिरन मधेसी । मकैको खोस्टाले बुनेको मैलो सानो ढकीमा सन्तोषी माताको फोटो र अलिकती फूल मेरो अघि राख्दै ।

‘बेटि सब इच्छा पूरा हुन्छ । मन से चन्दा दो माइ के लिए ।’

गल्लाबाट पचास रुपैयाँ निकालेर ढकीमा हालिदिए ।

‘बेटि, बढा दिल छ । बढा पसलको साहुनी छ लेकिन मन चंचल छ । मन शान्त होने के लिए एक लिटर तेल दो । एक माना चामल दो । कालो दाल दो । वो बढा वाला बिस्कुट दो । मिठा चक्लेट दो । सन्तोषी माइ के लिए …‘के–के हो के–के । उ भन्दै गइ भनेको सामान मैले राख्दै गए । के–के कति बिना पत्तो ।

‘आन्टी, एन . टि . सि . को कार्ड छ ?’ एउटी बहिनी आएर सोधिन् अनि झस्किए म ।
न आईमाई, न ढकी, न देवता, न त थुपारेका एक डङ्गुर सामान ।

 नयाँ बानेश्वर , बुद्धनगर, काठमाडौ
फोन नम्बर: ९८४१६६४७३८

वि.सं.२०७८ असोज ९ शनिवार ०८:०७ मा प्रकाशित

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...