‘बेटि, सन्तोषी माइ के लिए चन्दा दो ।’
आफ्नै सुरमा उधारो कपिको हिसाब जोड्दै थिए । सामान राख्ने खाना जति खाली–खाली पैसा जति सधै उधारो खातामा । के गर्नु उधारो नदिए पसल नचल्ने दिए आफ्नो हालत बेहाल । केही हिसाब जोडिदिन पैसा चाहिदैन र भन्छन, केहि भने सुटुक्क कोठा सर्छन् ।
बेटि, तुम बहुत अच्छी हो । सबको भलाइ गर्छस् लेकिन जस पाउदैनस् । जति भलाइ गर्छस् सब लोग कैँची मार्छ । माइ सन्तोषीको पूजा गर सब ठिक हुन्छ ।’
हिसाब जोड्न तल्लिन म उनको मुख नहेरी आवाज चाहिँ सुन्दै थिए ।
‘बेटि, बेर नाकर, सन्तोषी माइ के लिए दिल से चन्दा दो ।’
पुलुक्क हेरे । आधा नेपाली आधा आफ्नो भाषा । पहिरन मधेसी । मकैको खोस्टाले बुनेको मैलो सानो ढकीमा सन्तोषी माताको फोटो र अलिकती फूल मेरो अघि राख्दै ।
‘बेटि सब इच्छा पूरा हुन्छ । मन से चन्दा दो माइ के लिए ।’
गल्लाबाट पचास रुपैयाँ निकालेर ढकीमा हालिदिए ।
‘बेटि, बढा दिल छ । बढा पसलको साहुनी छ लेकिन मन चंचल छ । मन शान्त होने के लिए एक लिटर तेल दो । एक माना चामल दो । कालो दाल दो । वो बढा वाला बिस्कुट दो । मिठा चक्लेट दो । सन्तोषी माइ के लिए …‘के–के हो के–के । उ भन्दै गइ भनेको सामान मैले राख्दै गए । के–के कति बिना पत्तो ।
‘आन्टी, एन . टि . सि . को कार्ड छ ?’ एउटी बहिनी आएर सोधिन् अनि झस्किए म ।
न आईमाई, न ढकी, न देवता, न त थुपारेका एक डङ्गुर सामान ।
नयाँ बानेश्वर , बुद्धनगर, काठमाडौ
फोन नम्बर: ९८४१६६४७३८
वि.सं.२०७८ असोज ९ शनिवार ०८:०७ मा प्रकाशित






























