back
CTIZAN AD

घर

वि.सं.२०७८ असोज ९ शनिवार

7.8K 

shares

ढुङ्गा होस्
वा इटा थुपारेर
छड् होस्
वा सिमेण्ट खात लगाएर
खाल्डो खन्दै
र माटो निकाल्दै
माटो खन्दै
र खाल्डो निकाल्दै
मान्छे घर
घर मान्छे
एउटा निशाना निस्किरहेछ
कर्मी सिकर्मी बोलाएर
डकर्मी इञ्जिनीयर
नक्शा निकालेर
जमीन खनिदैछ
ढुङ्गा राखिदैछ
रोडा
गिट्टी
इटामा
धमाधम
सिमेण्ट प्लास्टर हुदैछ
घर,मान्छे बन्दैछ
र मान्छे,घर बन्दैछ
फिता तन्काएर
इञ्च इञ्चको हिसाबमा
चोटाकोठाहरू
दिमाखी खाकाबाट
फुत्त फुत्त
जमीनमा ओर्लदैछन्
सीमा कोरेर
व्यापक मान्छेको अस्मिता
थुनिदै छ सङ्कीर्ण डोवहरूमा
र मान्छे
निख्लाम अस्तित्व
छोपिदैछ बित्ता दुई बित्ताको
जिउँदो चिहानभित्र
निर्जीव घर अग्लदैछ
मान्छेको जिउँदो निशान बनेर
हुँदै नभएको घर
भएको छ मेरोमा
भएको म,मान्छे
हराएको छ घरभित्र
पर्खालहरू
उभिएका छन् रङ्बिरङ्मा
चोटा कोठा
सीमाङ्कित छन्
अग्ला भित्ताहरू
अग्लिएका छन् पीलर बनेर
जहाँ फाँट फाँट फराक
फैलिएको मानव अस्तित्व
थुनिएको छ

अग्ला भित्ताहरू
अग्लिएका छन् पीलर बनेर
जहाँ फाँट फाँट फराक
फैलिएको मानव अस्तित्व
थुनिएको छ
जञ्जीर बनेर पर्खालहरू
हत्कडी बनेर भित्ताहरू
नेल बनेर
सीमित जमीन
पछारिएको छ मान्छे
र भन्छ–‘यो घर मेरो हो’

जञ्जीर बनेर पर्खालहरू
हत्कडी बनेर भित्ताहरू
नेल बनेर
सीमित जमीन
पछारिएको छ मान्छे
र भन्छ–‘यो घर मेरो हो’
भन्थे मेरा कुप्री वा
जिवा हजुर वा
बाउसम्मले
यसै भनेथे
लडे उनीहरू
तेरोमा
मेरोमा
अझ उसकामा
कोही छैनन्
उनीहरू अहिले
तर घर छ
घर नभए पनि
निशानाहरू छन्
भग्नावशेषहरू छन्
भत्के पनि
डोवहरू छन्
जसरी सिङ्गारिन्छ चिता
मुढामुढीका आडमा
कपुर घिउका सौन्दर्यमा
दाउरा
परालका दन्दनाउँदा ज्वालामा
र मुर्दा जलाइन्छ मान्छे
न वस्त्र शरीरमा
न पाउडर निधारमा
न अत्तर फाहरू
न लिपस्टिक ओठमा
न तेरो मेरोका जिब्राहरू
मान्छे
निरन्तर जल्छ मान्छेकै अगाडि
अझ असङ्ख्य मान्छेका सामु
छाला जल्छ
रगत सुक्छ
गिदी पड्कन्छ
बोसो उछिट्टिन्छ
पर पर धेरै पर
हड्डी भष्म हुन्छन्
खरानी
वहन्छन् नदीको जलमा
वा उडाइन्छन्
हवाको आकाशमा
अवशेष रहन्न मान्छे
तैपनि
चिता उस्तै छ
इञ्चभर घट्दैन चिता
पानी बन्दाको
प्लेटिनमजस्तै
घर चिता हो
जीवित मान्छेहरूको
र चिता घर हो
मृतक मान्छेहरूको !!!

वि.सं.२०७८ असोज ९ शनिवार ०८:०३ मा प्रकाशित

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...