श्री लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ शेयर बराबर १ कित्ताको अनुपातमा ३९ लाख किता हकप्रद शेयर निष्कासन गर्न विक्रि प्रबन्धकको रुपमा श्री सि.बि.आई.एल.क्यपिटल लिमिटेड लाई नियुक्त गरेको छ ।
मिति २०७३/११/१७ गते मंगलबारका दिन लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लि. र सि.बि.आई.एल क्यापिटल बिच हकप्रद शेयर निष्कासन गर्ने सम्वन्धमा दुई पक्षिय सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नूरप्रकाश प्रधान र सिबिआईएल क्यापिटल लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री समिरप्रसाद दहालले हस्ताक्षर गर्नुभएको छ ।
वि.सं.२०७३ फागुन १८ बुधवार ०८:०८ मा प्रकाशित