back
CTIZAN AD

पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत रकम हस्तान्तरण

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

663 

shares

डडेल्धुरा । गएको साता परेको अविरल वर्षाका कारण घर माथिबाट गएको पहिरोमा परी ज्यान गुमााउनेका परिवारलाई राहत वितरण गरिएको छ ।

घरमाथिको भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ कि ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

आज डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर मृतक पार्वतीका श्रीमान् धनबहादुर खड्कालाई रु दुई लाख रकम हस्तान्तरण गरे। सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले खड्का परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको र सोही अनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले जानकारी दिए ।

गत बिहीबार दिउँसो घरनजिकै काम गरिरहेको बेला माथिबाट पहिरोसँगै खसेको ढुङगा लागेर पार्वती गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते खड्काको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारले जानकारी दिएका छन् । अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहत उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारीले बताए ।
रासस

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:०४ मा प्रकाशित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...