back
CTIZAN AD

कविता : सडक क्रान्ति

वि.सं.२०७८ कात्तिक १३ शनिवार

1.2K 

shares

अग्लो घेराबारले सुरक्षित
सुनको
अबैध महल जलाउन
सदियौंदेखि
बेघरबार कविता
सडक क्रान्तिमा होमिएका छन् ।

समानताको स्वतन्त्र स्वराज्यमा
अक्षरका झिल्काहरु
कुरुप बस्तीमा आगो झोस्छन् ।

समयको प्रत्येक प्रहर
नियालीराख मान्छे !!
चेतनाको ज्वालामा हात सेक्दै
अन्धकार रातको प्रवेशद्वारमा
प्रत्येक साँझ
दीप प्रज्ज्वलित गरेको दृश्यमा रुझेर
मूर्छा परेको सभ्यता
झल्याँस्स ब्यूँझदा
कलेटीपरेका सहस्र ओठहरु
उन्मुक्त मुस्कान छरेर
उत्सव मनाइरहेका हुनेछन् ।

 

वि.सं.२०७८ कात्तिक १३ शनिवार ०९:०० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...