अग्लो घेराबारले सुरक्षित
सुनको
अबैध महल जलाउन
सदियौंदेखि
बेघरबार कविता
सडक क्रान्तिमा होमिएका छन् ।
समानताको स्वतन्त्र स्वराज्यमा
अक्षरका झिल्काहरु
कुरुप बस्तीमा आगो झोस्छन् ।
समयको प्रत्येक प्रहर
नियालीराख मान्छे !!
चेतनाको ज्वालामा हात सेक्दै
अन्धकार रातको प्रवेशद्वारमा
प्रत्येक साँझ
दीप प्रज्ज्वलित गरेको दृश्यमा रुझेर
मूर्छा परेको सभ्यता
झल्याँस्स ब्यूँझदा
कलेटीपरेका सहस्र ओठहरु
उन्मुक्त मुस्कान छरेर
उत्सव मनाइरहेका हुनेछन् ।
वि.सं.२०७८ कात्तिक १३ शनिवार ०९:०० मा प्रकाशित





























