back
CTIZAN AD

दस टुक्का

वि.सं.२०७८ कात्तिक १३ शनिवार

1.1K 

shares


रगत र पसिना बगाउने नहर
भौतिक सुखको राजधानी हो सहर ।

अनेकौं सपना सजाएँ रहरमा
गाउँ छोडी पसियो स्वार्थी सहरमा ।

गरिबको जिन्दगी राखेर दाउमा
लुट्नु लुटेका छन् सहरिया भाउमा ।

पीडा दियो बिषालु सर्पको जहरले
मलाई औषधि पिलायो यै सहरले ।

बाटोघाटो घुम्दै आउँदैछ रेल
सहरमै खेल्छन् राजनीति खेल ।

दाइजोकै कारण बुहारी कुटिन्छ
नारीउषको अस्मिता सहरमा लुटिन्छ ।

खै कसलाई कसको लाग्छ भर
यही सहरमा तिर्नुपर्छ कर ।

सन्तानको भार पिठिउँमा पाल्ने
सहरमै छ छोरो बृद्धाश्रम फाल्ने ।

मन ठूलो राखेर शान्तिको श्वास फेर्न पाओस्
सधैं हाम्रो सहर फलोस् ,फुलोस् र मुस्कुराओस् ।
१०
गाउँको पनि मुहार फेरियोस्
सहरलाई मात्रै नहेरियोस् ।

वि.सं.२०७८ कात्तिक १३ शनिवार ०८:५९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...