१.
सम्झाको थिएँ
बेलैमा मैले
नहान्न ढुङ्गा ।
२.
अर्काको तिर
बसेर आफु
सिसाको घर ।
३.
हासिल गर्छौ
कसरी तिम्रो ?
गुमेको साख !
४.
जान्दछौँ हामी
हुनत तिमी
सुध्रन्नौ कति ।
५.
घर्केको छैन
बेला त्यो अझै
सुधार मति ।
६.
कुरौटे बानी
हुदैन तिम्रो
मन्सुवा पूरा ।
७.
चलेर छुरा
कट्ला है तिम्रो
नाक नै पुरा ।
८.
सुकर्म गर
चाकरी भन्दा
उत्तम त्यही ।
९.
थाले है हेर
बोकाले दाइँ
धानको नास !
१०.
बन्ला है अब
चामलै राम्रो
के गर्नु आस ? ?
वि.सं.२०७८ कात्तिक १३ शनिवार ०८:५६ मा प्रकाशित





























