back
CTIZAN AD

कविता: शरद्

वि.सं.२०७८ कात्तिक १३ शनिवार

648 

shares

कतै फूल राता कतै कोपिला छन्
शरद् आज आयो सबै जोशिला छन् ।
मुना पात रम्दै सबैछन् फुलेका
शरद् साथ झुम्दै यतैछन् डुलेका ।।

यतैछन् जुरेली प्रियासाथ घुम्दै
यतै माहुरी छन् यिनै फूल चुम्दै ।
शरद् डुल्छ नौला सबै भीर पाखा
शरद् हेर्न आऊ उघारेर आँखा ।।

यतै शीत आयो यतै प्रीत लायो
यतै मन्द हावा बिहानै सुसायो ।
सबै साफ डाँडा शरद् खुल्न लाग्यो
नयाँ मात छर्दै यता घुल्न लाग्यो ।।

नदी नीर गंगा बगेको छ पानी
सफा पोखरी छन् सबै रूप रानी ।
यतै हाँस पौडी चखेवा रमायो
नदीकात नौलो कतै काँस छायो ।।

शरद् राज आयो सबै छन् जवानी
सबै बोल्न थाले सुनौलो कहानी ।
न यो घाम चर्को न यो मेघ लर्को
धराधाम खुल्दा उघारेर बर्को ।।

सँगै चाड आयो शरद्ले लिएर
दसैँ साथसाथै खुलासा दिएर ।
सबै व्योम खुल्दा खुले जून तारा
यता धान हल्ले झुले खेत सारा ।।

फुले खेतका ती रमाएर धान
यता वायु चल्दा भयो स्वर्ण सान ।
पस्यो स्वाद मीठो यतै सुन्तलामा
शरद् राज आयो जतै भू धरामा ।।

कुना कन्दरामा नयाँ हर्ष जाग्यो
थियो मेघ कालो सबै दूर भाग्यो ।
अझै लेक फुल्दा रमाएर झाडी
शरद् बस्न थाल्यो सबैकाज छाडी ।।

घना जङ्गली ती सबै रूख हाँसे
यतै शीत थोपा सँगै प्रीत गाँसे ।
सबै झुल्न थाले सबै फुल्न थाले
शरद् साथ साथै सबै घुल्न थाले ।।

गायनसुत्र-भुजङ्गप्रयात

 

वि.सं.२०७८ कात्तिक १३ शनिवार ०८:५२ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...