मेरो दिमागले आधा कट्टु लगाएर
उभिएको छ सडक किनार ।
मेरो चेतनाले घाँस चर्दैछ के रे कता ?
भेडीखर्कतिर ।
मेरो आँखाले नाङ्गै सहर हिड्यो
जथाभावी पिसाब गर्यो
गिल्ला गर्नेहरुले आँसु भनिदिए ।
मेरो हात चप्पल बिना जहाँ पनि पुग्छ
जस्लाई पनि छुनसक्छ
मेरो थुतुनो चिलाइरहन्छ
र च्वास्स च्वास्स घोच्न सक्छ
शब्दहरु अचानक अडिन सक्दैन ।
मेरो नाकमा सिंगान झुन्डिएको छ
जहाँपनि हाँच्छ्यु पड्किन्छ÷थाम्न सक्दिन ।
मेरो कान सुस्त छैन्
छिनमै ठाडो हुन्छ
यति चनाखो छ सुनिजान्छ
भित्तो बाहिरको कल्याङमल्याङ !
मेरा रौँहरु बेइमान छन्
मान्छेका बीचमा ठाडो भइजान्छ
शंका गर्छन्
अचम्म मान्दा जो प्रतिक्रिया
मेरो जीब्रो/भाषा चिप्लो छ
चिप्लिहाल्छ शब्दका पैतलाहरु
सातो जान्छ जीब्रो टोकिन्छ ।
मेरो खुट्टा/सँस्कृतिले
पत्थर माथि माथि जरा फिजारेर मात्र टाँसिएको छ ।
वि.सं.२०७८ कात्तिक १३ शनिवार ०८:५१ मा प्रकाशित





























