back
CTIZAN AD

कविता: मेरो

वि.सं.२०७८ कात्तिक १३ शनिवार

1.2K 

shares

मेरो दिमागले आधा कट्टु लगाएर
उभिएको छ सडक किनार ।

मेरो चेतनाले घाँस चर्दैछ के रे कता ?
भेडीखर्कतिर ।

मेरो आँखाले नाङ्गै सहर हिड्यो
जथाभावी पिसाब गर्यो
गिल्ला गर्नेहरुले आँसु भनिदिए ।

मेरो हात चप्पल बिना जहाँ पनि पुग्छ
जस्लाई पनि छुनसक्छ

मेरो थुतुनो चिलाइरहन्छ
र च्वास्स च्वास्स घोच्न सक्छ
शब्दहरु अचानक अडिन सक्दैन ।

मेरो नाकमा सिंगान झुन्डिएको छ
जहाँपनि हाँच्छ्यु पड्किन्छ÷थाम्न सक्दिन ।

मेरो कान सुस्त छैन्
छिनमै ठाडो हुन्छ
यति चनाखो छ सुनिजान्छ
भित्तो बाहिरको कल्याङमल्याङ !

मेरा रौँहरु बेइमान छन्
मान्छेका बीचमा ठाडो भइजान्छ
शंका गर्छन्
अचम्म मान्दा जो प्रतिक्रिया

मेरो जीब्रो/भाषा चिप्लो छ
चिप्लिहाल्छ शब्दका पैतलाहरु
सातो जान्छ जीब्रो टोकिन्छ ।

मेरो खुट्टा/सँस्कृतिले
पत्थर माथि माथि जरा फिजारेर मात्र टाँसिएको छ ।

वि.सं.२०७८ कात्तिक १३ शनिवार ०८:५१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...