back
CTIZAN AD

कविता: भ्रष्टाचार

वि.सं.२०७८ कात्तिक १३ शनिवार

3.4K 

shares

जो बुझ्ने राख्छ सामर्थ्य, त्यो सद्भाव बढाउँंछ ।
विकास गतिमा बाधा, भ्रष्टाचार पुर्याउँछ ।।०१।।

आत्मामा भ्रष्टता छोपी, अरूमा दोष पोख्दछ ।
भ्रष्टले भ्रष्ट नै रोज्छ, प्रजाका हक खोस्दछ ।।०२।।

भ्रष्टाचार बढे देश, नग्न कङ्गाल बन्दछ ।
विधिमा दाग रोपेर, ऊ ऐनमाथि चढ्दछ ।।०३।।

विधिका हीनको कर्म, सबैमा दुःख भर्दछ ।
देशको उन्नति गर्ने, चाहना नित्य मार्दछ ।।०४।।

भ्रष्टता शत्रु हो हाम्रो , छेक्छ नित्य समुन्नति ।
आँखा हो शान्ति सत्कर्म, हाम्रो उदय उन्नति ।।०५।।

अवैध कामको दाम, छाती नित्य जलाउँछ ।
सुखका स्रोत मासेर, सन्ताप हर्हराउँछ ।।०६।।

अर्काका धनको लोभ, गर्ने दुष्ट कहाउँछ ।
अर्काका मनको बोझ, हर्ने बुद्ध भनाउँछ ।।०७।।

अड्डाका काममा बाधा, अर्थले नै गराउँछ ।
झुटो सत्य भनी काम, अर्थले नै गराउँछ ।।०८।।

भ्रष्टले जातिको मान, शान अग्रजको थुनी ।
आफन्तसँगको नाता, तोड्छ त्यो दुष्टझैं बनी ।।०९।।

अर्थ हीन हुने व्यक्ति, अड्डा धाओस् निरन्तर ।
त्यसका कर्मको पालो, आउँदैन कसै गर ।।१०।।

व्यक्तिका मान सम्मान, भ्रष्टले ध्वस्त गर्दछ ।
भावना शून्यभै आफू, नोटले पेट भर्दछ ।।११।।

हिजोका भ्रष्टतापूर्ण, सारा कर्म हटून् पर ।
सारा मानवको दर्द, हर्दै नित्य रमोस् जग ।।१२।।

आत्माको तम नासेमा, ज्ञान खुल्छ सरासर ।
सबैमा जम्छ उल्लास, ताप चिन्ता हटी पर ।।१३।।

दुष्ट दुर्गुणले युक्त, भ्रष्टाचार हटाउन ।
सबैको ध्येय एकै होस्, जन्मभूमी बचाउन ।।१४।।

छन्द: अनुष्टुप
यस छन्दमा छैटौं अक्षर दीर्घ र चारै पाउमा पाचौं अक्षर ह्रस्व , दोस्रो र चौथो पाउको सातौं अक्षर ह्रस्व र पहिलो र तेस्रो पाउको सातौं अक्षर दीर्घ हुन्छ ।

वि.सं.२०७८ कात्तिक १३ शनिवार ०८:५० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...