१
बस्ती माथि पहिरो आयो
दर्जनौज्यान गयो बेपत्ता अझै कति
विपत् पनि गहिरो आयो
२
पाँजोमै धान उम्रिए कठै
भकारी भरिन्थ्यो र पा् तिरिन्थ्यो ऋण
मनको खुशी खुम्रिए कठै
३
किसानले सबैलाई पाल्छ भन्थे
वेमौसमी बाढीले सर्वस्व नासेर गयो
जोगी संन्यासि सम्हाल्छ भन्थे
४
सकिन्छ राहतको कुरा गर
घाउमा नुन चूक न छर्कनु कसैले पनि
जे जे सम्भव हुन्छ पूरा गर
५
दल अर्कै दलदलमा छन्
पीडितका पुकार सुन्ने फुर्सद छ र कसलाई
गुट फुटको खलबलमा छन्
वि.सं.२०७८ कात्तिक १३ शनिवार ०९:०१ मा प्रकाशित





























