back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ कात्तिक १३ शनिवार

1.2K 

shares


बगैंचामा फूल आहा ! तिम्रै लागि फुलेका छन,
भमराहरू आई त्यसै माथी झुलेका छन !
यताउती खोजे मैले छौ कि तिमी पनि भन्दै,
आतुर यी नजर सुन तिम्रै लागि डुलेका छन् !!


झस्किएर कोहि देख्दा भाग्नुको कारण के,
नसुतेर रातैभरी जाग्नुको कारण के !
भन्नोस न ए हजुर के भएको हो त्यस्तो,
डाक्टर छोडी झारफुकमा लाग्नुको कारण के !!


को भन्दा के कम जान्ने रहेछन धेरै यहाँ,
उक्लन खोज्दा खुट्टो तान्ने रहेछन धेरै यहाँ !
थाहै नपाइ आफ्नैले पराइ भन्दा झन धेरै,
भित्र भित्रै छुरा हान्ने रहेछन धेरै यहाँ !!


चन्द्र सुर्य अंकित झण्डा बोकि राष्ट्रिय गीत गाउँछु,
भेषभुषा आफ्नै राम्रो गुन्युचोली पटुकी लाउँछु !
यो छातीमा हात राखी देशप्रति गर्व गर्दै,
मेहेनती नेपाली हुँ भनी बिश्वभरी छाउँछु !!


भन्न नसकेका मनका ती अधुरा,
सत्य थिए थिएनन् बुझिएनन कुरा !
बुझ्न बुझाउन नसकेरै सायद,
हुनै सकेनन् कहिले पनि पूरा !!

 

 

वि.सं.२०७८ कात्तिक १३ शनिवार ०९:०३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...