उधुमै गर्यो
कात्तिके झरीले
आँखै नउघारी
एकतमासले
दर्किरह्यो
गरिबीको
धज्जी उडायो
वलेँसी बन्यो
भान्सा
आहाल बन्यो
ओच्छ्यान
चुलो
चिसियो
ग्यास्ट्रिक बढ्यो
त कतै
एक चिहान
बन्नु पर्यो
पाकेको बालीमा
खोलामा
पुग्यो
कस्तो झरी यो
महलमा
नछिर्ने ?
कस्तो झरी यो
सरकारलाई
नपिर्ने ?
कोही उग्राइरहने
कोही
पटुकी कसेर
छट्पटाइ रहनु पर्ने
ए ………झरी
सिंहदरवार पसेर
बटारबुटुर पारेर
एकै खाल्डोमा
जाकिदे न
कुहिएर बसेका
घसेटालाई बगाएर
बङ्गालको खाडीमा
जाकिदे
कहिल्यै
ननिस्कने गरी
अनिमात्र
धीर बनिदे
बस्
यही एउटा
सिफारिस
छ मेरो …….!!
वि.सं.२०७८ कात्तिक १३ शनिवार ०९:०७ मा प्रकाशित





























