back
CTIZAN AD

रसुवागढी नाकामा पार्किङ निर्माण सुरु

वि.सं.२०७८ कात्तिक २८ आइतवार

735 

shares

रसुवा । नेपाल-चीनबीचको उत्तरीनाका रसुवागढी क्षेत्रमा पूर्वाधारको थप व्यवस्था गर्न गृहकार्य अगाडि बढेको छ ।

रसुवागढी प्रवेशद्वारको भागलाई फराकिलो बनाई सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनर पार्किङस्थल बनाउन लागिएको हो । प्राकृतिकरूपमा साँघुरो भू-भागलाई अधिकतम सदुपयोग गर्दै रसुवागढी क्षेत्रलाई थप व्यवस्थित पार्न स्थानीय प्रशासनले सरोकारवाला निकायसँग समन्वय गर्ने कार्य सम्पन्न गरेको छ ।

कोभिड सङ्क्रमण सुरूआतदेखि नै मितेरी पुलबाट नेपाली सवारी साधन केरूङ जान रोकिएपछि चिनियाँ कन्टेनरले सिधैँ रसुवागढी ल्याएका सामग्री पल्टी गर्ने स्थानको असहजतालाई दृष्टिगत गरी कुना भाग फराकिलो पार्न लागिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

विसं २०७२ को विनासकारी भूकम्पसँगै माथिबाट झरेको पहिराले पुरेको स्थानलाई सम्याउँदा कम्तीमा २० ट्रक तथा कन्टेनर पार्किङ हुनसक्ने अनुमान रहेको उनले बताए ।

यस्तै सीमावर्ती क्षेत्रको समस्या पहिचान र समाधानका लागि पहलकदमी चाल्न स्थलगत निरीक्षणका लागि रसुवागढी पुगेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले गढी क्षेत्रको पार्किङ व्यवस्थापन एवं स्याफ्रुबेँसी–मैलुङ खण्डको राजमार्ग छिटो सुधार गर्न सरोकारवाला निकायलाई निर्देशन दिए ।

कोभिडको असरले घटेको सामान आयातको परिमाण वृद्वि गराउन परराष्ट्र मन्त्रालयमार्फत चीनसँग कूटनीतिक पहलकदमीका लागि आफूले सुझाव पेश गर्नेसमेत उनले बताए ।

हालै मन्त्रालयका सहसचिव रेग्मी, प्रजिअ जैसी, भन्सार प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको संयुक्त टोलीले रसुवागढी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । टोलीको भ्रमणपछि आयातको परिमाण बढ्नेमा आयातकर्ता आशावादी भएको व्यवसायी धर्म पौडेलले जानकारी दिए ।

नेपाली व्यापारीहरूले मगाएका सामग्री उत्पादनस्थलदेखि रसुवागढीसम्म ढुवानी सेवा प्रदान गर्दै आएको र आगामी दिनमा पनि छिटो–छरितो सेवा दिन आफू तयार रहेको चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टले जनाएको छ ।
रासस

वि.सं.२०७८ कात्तिक २८ आइतवार १३:५१ मा प्रकाशित

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...