२ मंसिर, काठमाडौँ । भारत र न्यूजिल्याण्ड बिचको पहिलो टि-२० मा भारतले ५ विकेटले शानदार जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको न्यूजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि मार्टिन गप्टिलले सर्वाधिक ७० रन बनाएका थिए भने मार्क चैपम्यानले ६३ रनको पारी खेलेका थिए । भारतका लागि बलिङ्गमा भुवनेश्वर कुमार र रविचन्द्र अश्विनले सर्वाधिक २/२ विकेट हात पारेका थिए ।
न्यूजिल्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि सूर्याकुमार यादवले ४० बलमा ६२ रनको उत्कृष्ट पारी खेलेका थिए । त्यसैगरी कप्तान रोहित शर्माले ४८ रन, केएल राहुलले १५, रिषभ पंतलले १७, श्रेयर अय्यरले ५, वेंकटेश अय्यरले ४ र अक्सर पटेलले १ रनको योगदान दिएका थिए । न्यूजिल्याण्डका लागि बलिङ्गमा ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट हात पारेका थिए ।
जितसँगै भारतले ३ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिएको छ ।
वि.सं.२०७८ मंसिर २ बिहीवार ०९:३१ मा प्रकाशित






























