back
CTIZAN AD

किसानलाई अनुदानमा आलुको बीउ वितरण

वि.सं.२०७८ मंसिर २ बिहीवार

822 

shares

तनहुँ । व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गर्ने भएको छ ।

विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नगरपालिकाले जनकदेव र एमएस उन्नत जातका करिब ३३ टन आलुको बीउ वितरण गर्न लागेको हो ।

तीमध्ये यहाँका किसानले गतवर्ष उत्पादन गरी चितवनको कोल्डस्टोरमा भण्डारण गरी राखिएको करिब १७ टन आलुको बीउ तनहुँ ल्याएर वितरण गर्न लागिएको व्यासनगरपालिका कृषि शाखाका कृषिप्रसार अधिकृत कुशल नहर्कीले जानकारी दिए ।

“चितवनको कोल्डस्टोरबाट आलुको बीउ ल्याएर किसानलाई वितरण गर्ने योजना बनाएको हौं”, उनले भने, “अपुग करिब १६ टन आलुको बीउ त्रिवेणीबाट खरिद गरेर वितरण गर्ने योजना छ ।”

नगरपालिकाले चितवनको कोल्डस्टोरमा लैजानका लागि प्रतिबोरा रु ३५० गरी ६२९ बोराका लागि कूल रु दुई लाख २० हजार एक सय ५० ढुवानी खर्च गरेको उनले बताए । उनले भने, “किसानलाई जनकदेव रातो र एमएस निलो उन्नत जातका आलुको बीउ वितरण गरिनेछ ।”

व्यासनगरपालिका मातहत रहेका चौध वटै वडाका किसानको माग अनुरुप वडा कार्यालयबाट सिफारिस भएर आएका किसानलाई आलुको बीउ वितरण गरिने उनले बताए । गतवर्ष प्रथम श्रेणीको वितरण गरिएकोमा आउँदो वर्ष स्थानीय जातको आलुको बीउ उत्पादन गर्ने लक्ष्य राखिएको सो शाखाले जनाएको छ ।
रासस

वि.सं.२०७८ मंसिर २ बिहीवार १६:३३ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...