म अर्ध्द हुँ
आमाबाट टुक्रिएर बनेको
पूर्ण हुन पूर्णिमाको पर्खाइमा छु ।
म पनि अर्धमुर्छित् मानिसहरुको बीचमा छु
अष्टमीको जूनसँग ।
म मात्रै अर्धमुर्छित् छैन्
यहाँका अधिकांश मानिसहरु यस्तै छन् ।
यहाँ अर्धसिल्ली मानिसहरुका बस्ती छन्
मलाई पनि बतासले छोइसक्यो ।
आफूखुशी म जन्मेको थिइनँ
आफू खुशी बाँच्न पाएको पनि होइन
खण्डांशको वरिपरि घुमिरहेछु
खाली खपटो बोकेर हिँडिरहेछु ।
कम्तिमा खलो दुई सिजन त लिपिन्छ
यो खल्ती कहिलेकाँहि
अझ यो खप्पर पुरै बिर्सन्छु सफा गर्न
म अर्ध्द हुँ
थाहै छैन् औंसी हुने हो वा पूर्णिमा ?
वि.सं.२०७८ मंसिर ४ शनिवार ०६:५४ मा प्रकाशित





























