१
छोरीः
काम चर्काे गरिन्न
पढीगुनी ठूलो हुने हो
झर्काे फर्काे गरिन्न ।
१
आमाः
किसानको छोरीले
ठूलो कुरा गर्दै नगर
स्कुल पढ्ने गोरीले ।
२
छोरीः
नौलो काम गर्नु छ
आमा आफैँ नछेक्नू बाटो
भोलि नाम छर्नु छ ।
२
आमाः
राम्रो डाँठ हुन्छ है
चिल्लो पात, हुने बिरुवाको
हेर्दा मनै छुन्छ है ।
३
छोरीः
आमा आाफैँ सुझ्नू है
घन घोटी हुन्छ बन्चरो
मेरो कुरा बुझ्नू है ।
३
आमाः
कुरा मात्र गतिलो
नहिडी त स्वर्ग पुगिन्न
छैनौ पात्र गतिलो ।
४
छोरीः
रक्षा गर्न, देशको
राजनीति, गर्छु भोलि म
शान छर्न भेषको ।
४
आमाः
ठूला ठूला कुराको
लाग्दैन नि खासै भरोसा
तिमी जस्ता भुराको ।
५
छोरीः
कुरा लिनू हे आमा
इच्छा भए हुन्छ उपाए
आशिष् दिनू हे आमा ।
५
आमाः
सधैँ तिम्रो हित होस्
बच्चाहरू खुसी आमाको
भन्छु मैल जित होस् ।
लयः सर्बदा
अक्षरसंरचना
पातः४+३
मुनाः४+५
गायनक्रमः कम( पात,पात)×२,मुना×२)
ठेगाना-सिरान्चोक–७,उपल्लो गोहोरे,गोरखा ।
वि.सं.२०७८ मंसिर ४ शनिवार ०६:५८ मा प्रकाशित





























