back
CTIZAN AD

दस छेस्काहरु

वि.सं.२०७८ मंसिर ४ शनिवार

690 

shares

१.
जनता जिल्ल,
बढेको बढ्यै
इन्धन मूल्य !

२.
महानगर
छैन सुविधा
मात्रै फोहोर !

३.
जे छ धनैमा
भन्नू कस्लाई
राखौं मनैमा !

४.
एकहातको
फुटपाथ भो
हिड्ने कता हो !

५.
थन्किए मुद्दा
शून्य छ पेशी
को हो त दोषी !

६.
सडक बढ्यो
पार्किङ ठिक्क
देख्दैमा दिक्क !

७.
फाटेको मन
सिउन खोज्दा
च्यातियो झन् झन् !!

८.
पुगेन ढङ्ग
राज्यका अङ्ग
छन् लथालिङ्ग !

९.
खै मानवता,
दुर्लभ भयो
दया–ममता !

१०.
फरक मात्रा,
जताततै नै
छ गाईजात्रा !

ठेगाना-उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं

वि.सं.२०७८ मंसिर ४ शनिवार ०७:०७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...