Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

कथाः छोरीको अपहरण



बजारमा एउटा पसल राखेका थिए पदमबहादुरले । पसलमा दुई सहयोगी र आफै पनि लाग्दा ग्राहकको सामान दिनलाई आपत हुन्थ्यो । बजारमा पसल भएपनि बसोबास गाउँको शान्ति माहोल नै रूचाएका थिए पदमबहादुरले । उनको धर्मपत्नी जमुनाको कोखबाट दुई जुम्ल्याहा छोरा र एक छोरीको जन्म भएको थियो ।

सानैबाट तीनैजना पढ्नमा मेघावी थिए । आमाबाबुले छोराछोरीलाई राम्रो संस्कार दिएर हुर्काएका थिए । आफ्नो नानीहरूको राम्रो पढाई, राम्रो संस्कार देख्दा आमाबाबुलाई अरू के चाहियो र ? आफ्नो सन्तानसित सन्तुष्ट थिए दुवै ।

दुई दाई टी.डी.सी. पुगेका थिए । बहिनी रुपा एघारमा दाखिला गरेर हायर सेकेन्डरी जाँदै थिइन् ।
जस्तो नाम उस्तै रुप ईश्वरले पनि दिएका । आमाबाबुले जानेरै नाम राखिदिएका रहेछन् । रुपमा त्यस क्षेत्र र क्याम्पसमा रुपा जतिकी अरू कोहि सुन्दरी थिएनन । बाटोमा हिँड्दा बालक, वृद्ध, जवान महिलासम्म एकचोटि फर्केर हेर्ने गर्दथे उनको सुन्दरतालाई । पाँच फिट चार इन्च जतिकी अग्ली, लामा लामा केश, आँखा मृग जस्ता, गोरो वर्ण हेर्दा अतिनै सुन्दरी ।

गाउँको ठाउँ, दसवीँ पास हुने बित्तिकैबाट कन्यअर्थ आउनेका ताँती थिए घरमा । रुपालाई भने राम्रो पढेर कुनै एउटा जागीर गर्ने विचार थियो । छोरीको इच्छालाई हेर्दै बाबाले कन्यअर्थ आउनेलाई विनम्र हुँदै छोरीको आकाङ्क्षा सुनाउने गर्थे । धनको केहि कमी थिएन र पढेसम्म पढाउने विचार थियो पदमबहादुरको ।

रुपा बाह्रमा पढ्दै थिइन् । एकदिन सेकेन्डरीबाट घर फर्किदै थिइन्, बाटोमा तीन केटाहरू मिली पछाडिबाट केहि सुँघाएर बेहोस पारे । दुईजनाले छिटो–छिटो बोकेर गाडीमा हाले । अर्काले गाडी चलाएर लगे । एउटा नौ दस वर्षको केटो स्कूलबाट आउँदै गर्दा परैबाट रुपालाई बोकेर गाडीमा हालेको देख्यो । छेउमा जाने आँट गरेन र डरायो ।

त्यहाँबाट दुगुर्दै गएर जमुनालाई सबै घटना सुनायो । जमुनाले फोन गरेर रूँदै त्यो केटोले भनेको सबै कुराहरू सुनाइन्, पदमबहादुरलाई । पसल छिटो बन्द गरेर केहि सहयोगीलाई लिएर हस्याङफस्याङ गर्दै घर पुगे । गाउँमा धेरै जातिका मान्छे थिए । र उनीहरू सीधै मुखियाका घर गएर भएको घटनाको जानकारी गराए । मुखियाले यसबारे उनलाई केहि जानकारी नभएको जनाए ।

रुपाको भाग्य राम्रो थियो होला सायद, गाउँमा सबै भेला भएर खोजी गर्दै थिए । अचानक फौजीहरू त्यता पेट्रोलिङ हिँड्दै आए । सबै भेला भएको देख्दा उनीहरूले सोधपुछ गर्दा कारण पत्तो लगाए ।

फौजी सीधै मुखियाको घर गएर माइकबाट गाउँका सबैलाई यहाँ अहिले हाँजिर गराउन अर्डर गरे । छिटो भन्दा छिटो हाँजिर हुनु भन्ने निर्देश भयो ।

आधा घण्टासम्ममा गाउँका युवक, वृद्ध, महिलाहरू सबै जम्मा भएका थिए । रुपालाई अपहरण गरेको गाउँका सबैलाई थाहा हुन्छ । सबैले एकछिन आ–आफ्नो भाषामा कुरा गरे ।

उनीहरूलाई यता–उता फोन लगाएर टुङ्गो लगाए, गाउँकै केटोले अपहरण गरेको रहेछ भन्ने बुझे ।

यता त्यो अपहरण गरेको केटाले उसको विवाहित बहिनीको घर लगेर गएछ सीधै । बहिनीको आँगनमा गाडी रोकेर तीनजनाले मिलेर रुपालाई बोकेर भित्र लगे । बहिनी तीन छक्क पर्दै सोधिछिन् -‘यो केटी त मेरो स्कूलको सहपाठी रुपा हो । यसलाई के भयो र यसरी बेहोस हालतमा यहाँ लिएर आयौ ।’

‘अलिक टाउको भारी भएर दुःखेको छ । बुवा म त क्याम्पस गएको थिए । यहाँ कसरी आए ?’
‘तिमी बेहोश भएछौ र हामीले लिएर आएको छोरी । तिमी आराम गर्दै गर ल, म डाक्टरलाई भेटेर आउछु’ भनी निस्किए । डाक्टरले रुपालाई एकचोटी जाँच गरेर हेरेपछि अब घर लग्दा हुन्छ भने ।

‘बहिनी पहिला मलाई माफ गरि सुन ल, यो रुपालाई म आन्तरिक हृदयबाट माया गर्छु । कति चोटी प्रेम प्रस्ताव राखीसकेँ, जहिल्यै इन्कार मात्र गर्छिन । म उ बेगर बस्नु नसक्ने भएर आज अपहरण गरेर यहाँ लिएर आएको । आज मलाई तिम्रो सहयोग चाहिएको छ ।’

दाइ, तर, आज तिमीले सही काम गरेनौ । एकतर्फी माया कहिले सफल हुँदैन । रुपाको घरमा कति खोजी हुँदैछ होला । उनी त मेरो धेरै मिल्ने साथी हुन् । उ माथिको यस्तो अत्याचार म सहन सक्दिनँ । रुपालाई अहिले उसको घर छोड्नु जाउ ।’

‘तिमी मेरो बहिनी भएर यस्तो भन्छेउ ? कति मुश्किलले आज यहाँसम्म ल्याउनु सफल भएको छु। मेरो माया तिमीले के बुझ्थेउ ?’

रुपालाई अलि–अलि होश आएको जस्तो देखे, तर उ कक्रिएर मुखबाट फिँज निकाल्दै मुख, नाक बङ्गयाउदै दाँत किट्दै थिइन् ।

स्कूलमा पनि यस्तो कहिलेकाहीँ हुने गथ्र्यो रुपालाई । यसलाई छारेरोग यानी मिर्गीको बिमारी छ भन्थे स्कूलमा । यस्तो हुँदा शिक्षकहरूले छिटै अस्पताल पुर्याएर घरमा खबर दिने गर्थे । ल अब छिटो अस्पताल पुर्याउनुपर्छ, छिटो गाडीमा चढाउ ।

अस्पताल पुर्याई सक्दा रुपाका बुवा, गाउँका थुप्रै मान्छे र मुखियाज्यू त्यहि पुगे ।

हजुरहरू एकछिन शान्तसित बसिदिनुहोस् । म यो केटासित एकान्तमा कुरा गर्छु मुखियाले भनेर त्यो केटोलाई पर लगेर निकै बेर बात गरे । मुखियाले भनेको कुरा कसैले हस्तक्षेप गर्दैनन् र सबै शान्त भएर बसे ।

दुई घण्टाजतिमा रुपालाई होश आयो । छक्क पर्दै ओरपर हेर्दै थिइन् । अहिलेसम्म उसित के–के भयो बेखबर थिएन । बुवाले छेउमा आएर सोधे ‘नानी तिमीलाई अहिले कस्तो छ ?’

‘अलिक टाउको भारी भएर दुःखेको छ । बुवा म त क्याम्पस गएको थिए । यहाँ कसरी आए ?’
‘तिमी बेहोश भएछौ र हामीले लिएर आएको छोरी । तिमी आराम गर्दै गर ल, म डाक्टरलाई भेटेर आउछु’ भनी निस्किए । डाक्टरले रुपालाई एकचोटी जाँच गरेर हेरेपछि अब घर लग्दा हुन्छ भने ।

अर्को दिशातिर गाडी गएको देखेर रुपा छक्क पर्दै एकछिन त सोचिरहिन् । डराउँदै बुवालाई सोधिन् –‘घरतिर नगएर हामी कता जाँदै छौँ ? आज तेरो काकाको घर जाने हो । भोलि बिहान घर फिर्ता हुने हो ।’

‘काकालाई केहि भएको त छैन नी बुवा ?’

‘केहि भएको छैन भेटघाट गरौँ भनेर हो । तँ केहि चिन्ता नगर ।’ भन्दै सोचे – ‘यसलाई ती केटाले बेहोश गरेको केहि याददाश छैन सायद… केटाहरूले अपहरण गर्नुभन्दा पहिलै यसलाई बिमारीले छोपिसकेको रहेछ होला र केहि सम्झना छैन । नत्र भए केहि त भन्थी ।’

बाटैबाट भाइलाई हामी आउँदै छौँ भनि खबर गरे । भाइको घर पुगेर रातीको खाना खाएपछि पदमबहादुरले आज घटेको घटना सुनाए ।

पदमबहादुरले निकै बेर सोचे । छोरीसित केहि अनर्थ हुनुबाट भगवानले बचाए । मुखियाज्यू हजुरले यसरी ग्यारेन्टी लिन्छु भन्दा हामी पुलिस केश नगर्ने भइयो । तर आइन्दा फेरि यस्तो घटना नहोस् । राम्रोसित मिलाई दिनुहोस् ।

‘यो त सानो कुरा होइन दाजु । त्यो केटाको यत्रो साहस भएछ गाउँका चेलीबेटी अपहरण गर्ने ? त्यसलाई पुलिस केश गरी जेलमा हाल्नुपर्छ। भोलि म पनि हजुरसितै जान्छु र त्यसको धुलाई गर्छु ।’

‘मैले अगिनै पुलिसमा एफ.आई.आर. गर्छु भनेको थिए । मुखियाबाले यो गाउँका मामला हो म नै मिलाउँछु भन्दै थिए । आमाको रोएर हालत बिग्रेको छ भन्दै थिए गाउँकाले ।’

‘भोलि रुपालाई लगेर जानु पर्छ । नत्र डराएर लुकाएको भन्छन् । आफ्नो मानो खानु छ किन डराउने तिनीहरूसित । म एकचोटी थर्काएर आउँछु । चेलीको रक्षा गर्न आउँछ मलाई ।’

‘म त एक–दुई दिन यहाँ छोरीलाई राख्छु सोचेर आएको थिए, तर तिम्रो कुरा सुन्दा सही लाग्यो । हामीले के बिराएका छौँ र ? मुखियाबाले सकेनन् भने त्यो केटाहरूलाई जेल पुर्याउनुपर्छ ।’

रुपा, पल्लो कोठामा बसेर सुनिरहेकी थिइन् छक्क पर्दै । त्यो केटा माथि कति रिस उठ्दै थियो । अहिले गएर ठूलो लौरोले हान्न मन लाग्दै थियो ।

भोलिपल्ट बिहानै भाइ–बुहारी सहित गाउँ पुगे । उनीहरू आएको खबर सुनेर मुखियाज्यू भेट्न पदमबहादुरको घर पुगे ।

गाउँमै केश मिलाउ, प्रहरी नबोलाऔं भन्ने सल्लाह दिए मुखियाले । त्यहाँको नियममा गाउँका मुखियाले सभामा दिएको आदेश सबैले पालन गरेको हुनैपर्ने नियम थियो । यहाँसम्म कि मुखियाको आदेश पालन नगर्नेलाई गाउँबाट निकाल्ने नियम थियो ।

पदमबहादुरको भाइले मुखियालाई सोधे –‘के ग्यारेन्टी छ कि फेरि त्यो केटाले यो हर्कत गर्दैन भन्ने ? हामीलाई त केश फायल गरेर त्यसलाई जेल हाल्ने मन छ ।’

‘काम पनि माफी दिन लायक गरेको छैन केटोले । गाउँमा सबैको इज्जतको सवाल छ । यो कुरा गाउँबाट बाहिर गयो भने सबैको बदनाम हुन्छ । हुने नहुने अनेक लाञ्छना लगाउँछन् । म ग्यारेन्टी लिन्छु रुपा मेरी पनि छोरी हो । यो गाउँको एउटा घमण्ड पनि हो उसको सुन्दरता ।’
पदमबहादुरले निकै बेर सोचे । छोरीसित केहि अनर्थ हुनुबाट भगवानले बचाए । मुखियाज्यू हजुरले यसरी ग्यारेन्टी लिन्छु भन्दा हामी पुलिस केश नगर्ने भइयो । तर आइन्दा फेरि यस्तो घटना नहोस् । राम्रोसित मिलाई दिनुहोस् ।

भोलिपल्ट नै मुखियाले गाउँका सबैलाई बोलाएर सभा राखे । सबैले पहिला केटाको बयान सुन्ने भए ।

त्यसले सबैको अगाडि माफी माग्दै भन्यो–‘मैले गरेको काम माफी गर्ने योग्य छैन तर आज यो सभाको अगाडि भन्छु, आजबाट रुपालाई म मेरो बैनीको नजरले हर्नेछु । र उसको हिफाजत गर्छु । के बुद्धि आयो मलाई यस्तो काम गरेँ । रुपालाई मैले छोएको पनि छुइन यसको साक्षी यो मेरो दुई साथी र बहिनी छन् । हुनसक्छ भने यो पापीलाई माफी गरिदिनुहोस् ।’ भन्दै विन्ती चढायो ।

लामो बहसपछि सबैले एकपल्टको लागि माफ गर्ने निर्णय गरे। आइन्दा यसले गाउँमा कुनै प्रकारको घटना गरे, परिवार सहित गाउबाट निकासित गर्ने लेखापढी गरी सभा विसर्जन गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा