back
CTIZAN AD

कविता: ओ ! सुप्रीमो !!

वि.सं.२०७८ मंसिर ४ शनिवार

765 

shares

सिनित्त आँसू पिएर
बाँच्न हुन्न !
बाँच्नुको नियति
दर्दनाक हुन सक्छ ?

बिहानीको घाम
घामको उज्यालो
अँध्यारा बस्तीहरुमा खोजौं
भोका पेटहरूलाई सोधौं
कहिल्यै पेट भरेर
अघाएको छ की छैन ऊ ।

आस्थामा उधारो जिन्दगी बाँच्ने मान्छे ।

नकोरिएका होइनन्
कोरिएका हुन धेरै पटक
संविधानका नयाँ खेस्राहरू
तर मान्छे मान्छे भएर
बाँच्न नपाएको व्यथा
मात्र ! पोखिएको हो शङ्कामा ।

जून हराएको रात
चकमन्न अध्यारो
जून किरीको एक झूल्को प्रकाश
काफी छ होला ?

उज्यालो खोज्नेहरूको लाममा हामी छौं की छैनौं ?

एउटा आम मान्छे
हिंस्रक हुँदाको क्षण
सत्ताका क्र्रूरहरुलाई
संस्मरण रहोस् ..
बख्तरबंद गाडिका पहराहरू छिचोल्दै
कुनै शालीक
तोडेको दिन ।

एउटा भूगोल छिछोलेर
अर्को भूगोलसम्म पुग्ने
कोलम्बस ! न्यायका खुट्टाहरु
राष्ट्रिय जंजीर\साँगला नेलले बाँधिएका छन्
यात्रा माप्न असम्भव छ
अमानवियताको अनकन्टार जंगलभित्र
हराएका संविधानका नयाँ खेस्राहरू
सडक जामसँगै निस्किएको
टायरको धूवाँमा दनदनि जलिरहेका छन् ।
राष्ट्रियताको धरापमा परेर बाँच्न अभिशप्त मान्छे ।

भोक सिरानी राखेर
आँसु पिइरहेको
एउटा दूर्दान्त कथा
सबै\सबै तिर फैलिएको छ ।

आँसु पिएर आगो ओकल्न सक्छ मान्छे !

मान्छे हो मान्छे
भोग्दा भोग्दैको नियती
सहँदा सहँदैको पीडा
सडकमा पोखीनुपर्छ !

एउटा आम मान्छे
हिंस्रक हुँदाको क्षण
सत्ताका क्र्रूरहरुलाई
संस्मरण रहोस् ..
बख्तरबंद गाडिका पहराहरू छिचोल्दै
कुनै शालीक
तोडेको दिन ।

त्यसैले,
ओ ! सुप्रीमो !!
न खेल …
भोका पेटहरूसँग
खाली पेट इन्कलाब बोल्न सक्छन ?

वि.सं.२०७८ मंसिर ४ शनिवार ०७:२० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...